क्यान्सरपीडितलाई सहयोग



१० असार, दमक।
झापा दमक ११ की क्यान्सर पीडित ४० बर्षिया राधादेवी साहाको उपचारका लागि ४३ हजार रुपैयाँ नगद सहयोग जुटेको छ । महिला सशक्तिकरण नेपाल, दमक युथ क्लब र दमक-११ मा पढाइको सिलसिलामा डेरा गरी बस्ने केही विद्यार्थीहरुको संयुक्त स्वयमसेवक टोलीले बजारमा सो सहयोग रकम संकलन गरेर पीडित परिवारलाई बिहीबार हस्तान्तरण गरेका हुन् । सशक्तिकरणकी सचिव सुमित्रा वाङदेलको नेतृत्वमा चलाइएको राधादेवी बचाउ अभियानका क्रममा संकलित सो रकम पीडित राधादेवीका पति कन्हैया साहालाई हस्तान्तरण गरिएको हो ।



संकलित रकममध्ये १६ हजार रुपैयाँ युथ क्लबका उपाध्यक्ष अर्जुन आचार्य तथा सचिव पारसमणि आचार्य नेतृत्वको टोली र बाँकी रकम अभियानकी नेतृत्वकर्ता वाङदेल, विद्यार्थीहरु जुनु राई, तारा गुरुङ लगायतले जुटाएका हुन् । संकलित एकमुष्ट रकम हस्तान्तरण गर्दै वाङदेलले मानवीय नाताभन्दा ठुलो कुनै जाती, समुदाय वा वर्गीय सम्बन्ध हुन नसक्ने बताइन् ।




Comments