मोडलिङमा मेनुकाको मोह



मोडलिङ व्यापार मात्र होइन, कला र सिर्जनाको माध्यम पनि हो भन्छिन् झापा दमककी मेनुका धिमाल (२६)।
मोडलिङमा झुकाव राख्ने उनी समाजमा चलिआएको कला र सिर्जनालाई मोडलिङको माध्यमबाट अझ सशक्त बनाई राख्न र नयाँ पुस्तासम्म पुर्‍याएर यसको प्रवर्द्धनसँगै विकास गर्न सकिने तर्क राख्छिन् ।
दुईवटा म्यूजिक भिडियोमा अभिनय गरेर यस क्षेत्रमा केही गर्ने सोचका साथ क्रियाशिल उनमा कलाकारिता क्षेत्रको जोस छ । उनी भन्छिन्, 'मलाई यस क्षेत्रमा सानैबाट रहर थियो तर समय उपयुक्त नभएको कारण यस क्षेत्रमा खुलेर आउन सकिनँ ।’ उनी अव मोडलिङ क्षेत्रमा खुलेरै आउने सोचाईमा छिन् ।




५ फिट ४ इन्च उचाई भएकी उनलाई नेपाली कलाकारहरुमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय जिवन्त लाग्ने गरेको छ रे । गायक शिव परियारको गीतबाट म्यूजिक भिडियोमा अभिनय सुरु गरेकी उनी चर्चित कलाकार बन्ने सोचाईको साथ मोडलिङ क्षेत्रमा लागेको बताउँछिन्। राम्रो चलचित्रबाट अफर आए काम गर्नेसमेत उनको सोच छ । कथाले मागे अनुसारको सिन दिन आफू तयार रहेको उनको भनाई छ । उनी भन्छिन्, 'पछिल्लो समय चलचित्र क्षेत्रमा विकृति देखिएको र त्यसलाई सम्बन्धित निकायले चासो देखाउन जरुरी छ ।’ फुर्सदको समय रमणीय स्थान घुम्न रुचाउने उनले प्रेमको मामलामा भने आफू कच्चा रहेको बताइन् । सेक्सको अनूभव छ ? भन्ने जिज्ञासामा भने उनी मौन रहिन् ।

प्रस्तुति - किशोर श्रेष्ठ







Comments