पानी जमेको खाल्डोमा डुवेर बालकको मृत्यु


३० साउन, दमक।
पानी जमेको खोल्सामा डुबेर झापाको लखनपुरमा शुक्रबार एक बालकको मृत्यु भएको छ।
घर नजिकैको खोल्सामा डुबेर लखनपुर २ का पवन सहनीको ७ वर्षका छोरा अमनको ज्यान गएको हो।



मामा मदन ढुङ्गानाको घरमा बस्दै आएका उनी एक्कासी बिहान १० बजेबाट हराएपछि खोजी गर्दै जाँदा घरदेखि दक्षिणपट्टि पानी जमेको खोल्सामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए।
घटनास्थलमा खटिएको प्रहरी निरीक्षकसहितको टोलीले कानूनी प्रकृया सम्पन्न गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



Comments