विद्यार्थी संगठनद्वारा शैक्षिक मेला बन्द





१० असार, दमक।
झापाको दमकमा लागेको शैक्षिक मेला अखिल क्रान्तिकारी लगायतका संयुक्त विद्यार्थी संगठनले आज बिहीबार बन्द गराएका छन् । अखिल क्रान्तिकारी, अग्रगामी विद्यार्थी युनियन र राप्रवि संगठनका लगायतको टोलीले मेला बन्द गराएको हो ।
पछिल्लोपटक झापाका बिभिन्न स्थानमा शैक्षिक कन्सल्टेन्सीद्वारा भारतका बिभिन्न स्थानमा रहेका राम्रा-राम्रा कलेजको प्रलोभन देखाएर विद्यार्थीहरु ठग्ने प्रवृति बढेको आरोप लगाउँदै संयुक्त विद्यार्थी संगठनले शैक्षिक मेलामा रोक लगाएको छ ।


संयुक्त विद्यार्थी संगठनहरुले सम्बन्धित निकायमा यस्ता कार्यहरु रोक्नको निम्ति ज्ञापनपत्र बुझाई ध्यानाकर्षण गराउदा समेत चाँसो नदेखाएकोले बाध्य भई मेला बन्द गराउनु परेको अखिल क्रान्तिकारी झापा जिल्ला सदस्य बिपीन बस्नेतले बताउनुभयो । काठमाण्डौको वाइड रेञ्ज कन्सल्टेन्सीले झापाको दमकमा लगाएको एकदिने शैक्षिक मेला बन्द गराएको जनाइएको छ ।


Comments