जनै पूर्णिमा मनाइयो

गौरव पोखरेल, २५ साउन, सुरुङ्गा । श्रावण शुक्ल पूर्णिमाका दिन समस्त हिन्दू धर्मावलम्बीहरुले मनाउने रक्षा बन्धन पर्व अर्थात् जनैपूर्णिमा यस वर्षपनि मनाइएको छ । ऋषितर्पणी भनेरसमेत भनिने यस पर्व ब्राहमण्डहरुद्वारा विशेष मन्त्रोच्चारण गर्दै रक्षा बन्धन बाँधेर मनाइएको हो । यसै अवसरमा झापा कनकाई नगरपालिका-७ स्थित कालिमुडामा स्थापित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा सामुहिक रक्षा बन्धन कार्यक्रम सम्पन्न भएको छ । राजयोग सेवा केन्द्रकी अध्यक्ष ब्रह्मकुमारी पार्वता भुजेलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा मातृका सिटौला, लक्ष्मीप्रसाद काफ्ले, डिल्लीराम बस्नेत, बालकृष्ण दाहाल, रोहित खवास, दिनानाथ निरौला, अनिरुद्र ओली लगायतको आतिथ्य रहेको थियो । स्थानीय ५० जनाभन्दा बढी बृद्धवृद्धा, युवायुवती र बालबालिकाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका अग्रज पदाधिकारीहरुले उपस्थित सबैलाई रक्षा बन्धन बाँधेर सामुहिक रुपमा जनैपूर्णिमा पर्व मनाएका हुन् । नेपाली प्राचीन संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको स्थानीय मनोज बस्नेतले बताए । जनै पूर्णिमाको अवसरमा रक्षा बन्धन बाँधिदै । तस्वीरः गौरव पोखरेल

Comments