हावाहुरीले क्षति




१२ जेठ, दमक।
गएराति आएको हावाहुरीले झापाको लखनपुर, गौरादह र कोहवरामा क्षति पुर्‍याएको छ ।
एक्कासी आएको हावाहुरीले कोहवरा-९ का अशोक शर्मा र भागिरथीदेवी शर्माको घर भत्काएको छ । त्यस्तै गौरादह-४ का लखिराम कर्मकारको घर र स्कुलचौन उच्च मावि, सनसाइन अंग्रेजी बोर्डिङ स्कुल, सरस्वती उच्च मावि लखनपुर, ज्ञानज्योति मावि गौरादहको पर्खालको केही भाग भत्किनुका साथै थुप्रै विजुलीका पोलहरु ढलेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाका उपाध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिए।
हावाहुरीबाट पीडित शर्मा र कर्मकारको परिवारलाई रेडक्रस झापा शाखाले त्रिपाल सहितको राहत सामग्री उपलब्ध गराएको समेत काफ्लेले जानकारी दिए।




Comments