'प्राथमिकता एक' सूचीमा फाल्गुनन्द मार्ग



१२ असार, दमक।
दमक-चिसापानी-रवि (फाल्गुनन्द) सडकलाई बहुबर्षिय योजनामा पार्ने प्रकृया शुरु गरिएको छ ।
सो सडक निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले शनिबार दमकमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी गराएका हुन्। दमकबाट उत्तर पाँचथरको रबिसम्म पुग्ने सो सडकलाई समितिले केहि दिनअघि प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुबासचन्द्र नेम्बाङ, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई भेटेर प्राथमिकता एक र बहुबर्षिय योजनामा पार्न आग्रह गरेको थियो । त्यसपछि सरकारले सो सडकलाई प्राथमिकता एकमा सुचिकृतसमेत गरिसकेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष पुरीले भने, 'अब यो सडक छिट्टै बन्ने आधार तयार भएको छ।'


समितिका पूर्व उपाध्यक्ष एवम् दमक नगरका पूर्व उपमेयर लोकबहादुर धिमालले यसपटक समितिले सर्वपक्षिय सहमतिसाथ काम गरेकाले लामो समयपछि सडक प्राथमिकताका एकमा परेको बताए ।

उत्तरी दमकको बेलडाँगीलाई जिरो प्वाइन्ट मानिएको दमक चिसापानी रबि सडकको लम्बाई ४७ किलोमिटर रहेको छ ।





Comments