एसएलसीमा छात्रा उत्तीर्ण दर थोरै




१० असार, दमक।
झापाको एसएलसी परीक्षामा छात्रा उत्तीर्ण संख्यामा कमी देखिएको छ । संख्यात्मक रुपमा छात्रा बढी सामेल भएपनि उत्तीर्ण दर भने कमजोर नतीजा आएको छ ।
हालै सार्वजनिक भएको एसएलसी परीक्षाको झापाको नतिजालाई विश्लेषण गर्दा त्यस्तो पाइएको हो। छात्राको उत्तीर्ण संख्या र हासिल गरेको स्थानसमेत छात्रको तुलनामा कमजोर रहेको पाइएको छ।
जिल्ला शिक्षा कार्यालय झापाका अनुसार २०७१ सालको एसएलसी परीक्षामा झापाका कुल १ सय ११ सामुदायिक विद्यालयबाट सहभागी कुल ६ हजार ४ सय ४७ परीक्षार्थीमध्ये ३ हजार ६ सय ७९ जना छात्रा थिए । यो संख्या छात्रको तुलनामा ९ सय ११ ले बढी हो । अर्थात् छात्रको संख्या २ हजार ७ सय ६८ थियो । तर एसएलसी उत्तीर्ण हुनेमा भने छात्राको संख्या छात्रको भन्दा १ सय ३२ ले कम्ती रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।



एसएलसी परीक्षामा सहभागीता जनाएकामध्ये १ हजार ९३ जना छात्र र ९ सय ६१ जना छात्राले परीक्षा उतीर्ण गरेका छन् । छात्राको संख्या धेरै भएपनि परीक्षामा छात्राले कम मात्रै सफलता प्राप्त गरेका छन्। विशिष्ट श्रेणी हासिल गर्ने सामुदायिकका १९ मध्ये ५ जना मात्रै छात्रा छन्। १४ जना छात्रले विशिष्ट श्रेणीमा उत्तीर्ण गरेको शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै प्रथम श्रेणीमा २ सय ८१, द्वितीय श्रेणीमा ७ सय ३१ र तृतीय श्रेणीमा ६७ जना छात्रले परीक्षा उत्तीर्ण गरेका छन् । छात्राको संख्या प्रथम श्रेणीमा २ सय, दोश्रो श्रेणीमा ६ सय ९८ र तेस्रो श्रेणीमा ५८ जना रहेको छ ।
यस बर्ष सामुदायिकतर्फ जिल्लामा ३१.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ ।



Comments