शनिअर्जुनमा किरात धर्मको संगठन





२६ जेठ, दमक।
झापाको शनिअर्जुन नगरपालिकामा किराँत धर्म तथा साहित्य उत्थान संघको समिति गठन गरिएको छ । संघका केन्द्रीय उपाध्यक्ष नरेन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यतामा भएको सो भेलाले रामकुमार इजमको अध्यक्षतामा समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्ष खगेन्द्रकुमार योङहाङ, सचिव पदमकुमार तेयुङ, सहसचिव खगेन्द्र इङनाम, कोषाध्यक्ष पार्वती माङमु रहेका छन् ।


यसरी नै सदस्यहरुमा सन्तोष नेम्वाङ, पूर्ण सेलिङ, अजित तेयुङ, सुकबहादुर कन्दङवा, दिलबहादुर तुम्ब्रोक, कुवेर तुम्ब्रोक, खड्क चेम्जोङ, लिला योङहाङ, भिमकुमारी चेम्जोङ, जहरमान फेम्बो, तारादेवी मगर र विजय नेम्वाङ रहेका छन् ।
किरात धर्मका आजीवन सदस्य बलिराज इङनामको सभापतित्वमा भएको कार्यक्रममा नयाँ सामितिलाई किरात धर्म झापा जिल्ला निर्वाचन मण्डलका संयोजक भवानी सेलिङ र राष्ट्रिय सदस्य इन्द्र शेर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । शनिअर्जुन-१ स्थित सुर्ति बजारमा कार्यक्रम सम्पन्न भएको थियो ।









Comments