पाथिभरा नेत्रालय सञ्चालनको अन्तीम तयारी



१८ जेठ, दमक।
दमकस्थित पाथिभरा नेत्रालय आँखा अस्पताल सञ्चालनको अन्तिम तयारी पूरा भएको छ ।
यही जेठ २० गते बुधबार अस्पतालको उद्घाटन गर्न तयारी पुरा भएको अस्पताल सञ्चालन तथा सहयोग समितिका अध्यक्ष अजय अग्रवालले बताएका छन् । उनका अनुसार बिगत केही वर्षदेखि निस्कृय रहेको अस्पताल अत्याधुनिक उपकरणसहित बिशेषज्ञहरुमार्फत नियमित सेवा प्रदान गर्ने गरी सञ्चालन हुन लागेको हो ।



मेची आँखा अस्पताल र लाइन्स क्लफ अफ काठमाण्डौबीच भएको समझदारी अनुसार अस्पताल शुचारु हुन लागेको हो । यसको स्थानीय ब्यवस्थापन लाइन्स क्लव अफ दमक माउण्ट एभरेष्टले गरेको छ । दमक नगरपालिका संरक्षक रहेको सञ्चालक तथा अनुगमन समितिले भब्य उद्घाटनको तयारीसँगै एकहप्तासम्म निरन्तर निःशुल्क आँखा शिबिर गर्ने अध्यक्ष अग्रवालले जानकारी गराएका छन् ।
आँखा शिबिरमा आएकाहरुको शल्यक्रिया गर्नु पर्ने अवस्था आएमा निःशुल्क गर्ने ब्यवस्था मिलाइएको पनि अग्रवालले बताए ।



Comments