करणीका आरोपी थुनामा



५ जेठ, दमक।
एक किशोरीमाथि करणी गर्ने गरेको आरोपमा झापाको दमक-१ बाट पक्राउ परेका किशोर कुमाल पुर्पक्षका लागि थुनामा गएका छन् ।
खुदुनाबारी घर भएका कुमालले दमक १ की बाबुआमा नभएकी एक किशोरीलाई विवाहको प्रलोभन देखाउँदै विभिन्न ठाउँमा लगी करणी गर्ने गरेको भनी पीडितले दिएको उजुरीका आधारमा गएको वैशाख ९ गते इलाका प्रहरी कार्यालय दमकले कुमाललाई पक्राउ गरेको थियो । सोसम्बन्धी मुद्दामा सोमबार झापा जिल्ला अदालतमा भएको थुनछेक बहसपछि कुमाल पुर्पक्षका लागि थुनामा परेका हुन् ।

उनलाई अदालतको ३ नम्बर बेन्चका न्यायाधीश दीपक खनालको एकल इजलासले त्यस्तो आदेश गरेको इलाका प्रहरी कार्यालय दमकका अपराध अनुसन्धान शाखाका असइ वासुप्रसाद चौधरीले जानकारी दिए ।


Comments