तरकारी खेतीमा व्यस्त 'चिफ सर'

विष्णु सुब्बा,
१५ जेठ, दमक।
दृढ इच्छा शक्ति र आत्मविश्वास हुने हो भने श्रम गरेर पौरखी बन्न उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण बनेका छन्, झापा, गौरादह -८ का प्रध्यापक सुरेश वहादुर पौडेल ।

६२ बर्ष उमेर पूरा गरिसकेका अर्थशास्त्र विषयका प्राध्यापक पौडेल अहिले भने व्यवसायिक तरकारी खेतीमा जुटेका छन् । अध्ययन र पेशाको हिसावले हेर्दा फरक विषय भए पनि पौडेल अहिले कृषि पेशामा लागेर व्यवसायिकतातर्फ उन्मुख हुँदै गएका छन् ।



व्यवसायिक कृषिको विकासका लागि बेमौषमी तरकारी खेती शुरु गरेका पौडेलले अहिले भने गौरादह- ८ मा रहेको आफ्नो करेसाबारीमा 'पेपिलो मेलन' को परीक्षण खेतीबाट सफलता हासिल भएपछि सो खेतीमा निकै उत्साही बनेका छन् । पौडेलले अहिले बैगुनधुरा- ८ मा एक विगाह जमिनमा तरकारी खेती लगाएका छन् । यतिबेला पौडेलको बारीमा पेपिलो मेलन, खोर्सानी, रायो साग, टमाटर , कुरिलो, घिरौला, करेला, लगायतका उन्नत जातका तरकारीहरुको टनेलमार्फ आधुनिक प्रविधिबाट बेमौषमी तरकारी खेतीको उत्पादन गरिरहेका छन्।

पेपिलो मेलनको परीक्षण खेतीबाट राम्रो उत्पादन लिन सफल भएपछि पौडेलले अहिले आफनो करेसाबारीमा झण्डै चारहजार पेपिलो मेलनका विरुवाहरुको नर्सरी समेत शुरु गरेको बताउँछन्। उनी भन्छन्, 'नेपाली हावापानी र परिवेशका लागि यो फल नयाँ भएपनि थोरै जमिन कम जनशक्तिबाट पनि प्रशस्त फाइदा लिन सकिन्छ ।' पौड्रेल अहिले यो फलको खेती विस्तारका लागि प्रायःजसो खेतवारीमा नै भेटिने गर्छन् । यसअघि पनि नरिवल, भुइँकटहर, केरा लगायतका फलफूलको खेती गरिसकेका पौडेलले त्यो समयमा आफुले समय दिन नसक्दा असफल भएपनि अव भने पुरै समय कृषिलाई दिने बताउँछन्। उनी अगाडी भन्छन्, 'अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र नै भएकाले अहिले टर्नेल खेतीमार्फत बेमौषमी तरकारीको राम्रो उत्पादन गर्न जुटेका छौं। '



अवकास पछिको आफनो जीवनलाई कृषिक्षेत्रमा लगाउने अठोट बोकेका पौडेलले आफुले गरेको कृषि पेशालाई गरे यहि पनि हुन्छ भन्ने सन्देश दिन पनि यो पेशालाई व्यवसायीकता बनाउन लागेको उनको भनाई छ । दैनिक जसो सयौको संख्यामा रोजगारीको खोजीमा विदेशीने यूवाहरुलाई समेत कृषि पेशामा लाग्न सक्ने वातावरणको तयार गर्न आफु प्रेरणाको स्रोत बन्ने अठोट लिएको पौडेल बताउँछन् ।
चार दशकदेखि अनवरत शिक्षण र प्राध्यापन पेशामा आवद्ध पौडेल अम्मर उच्च मावि बैगुन्धुराका पूर्व प्राचार्य, गौरादह क्याम्पसका पूर्व क्याम्पस प्रमुख रहिसकेका छन् भने हाल प्रज्ज्वल कलेजीयट एकडेमी गौरादहका क्याम्पस प्रमुख समेत हुन् । साना चिया किसानको रुपमा चिनीने पौडेल विगत १५ वर्ष अघिबाट तीन विगाहा जग्गामा चिया खेतीसमेत गर्दै आएका छन् । पौडेलले पछिल्लो समय अंगालेको व्यवसायिक तरकारी खेतीको थप विस्तारका लागि हाल वैगुन्धुरा उच्चमाविको तीन विगाहा जमिन १० वर्षका लागि भाडामा लिएर बेमौषमी तरकारी खेती विस्तारका क्रममा रहेको बताउँछन् ।



Comments