धरौटी बुझाउन नसक्दा सहकारीका अध्यक्ष जेल चलान

२६ भदौ, दमक। झापा दमकको मजबुत सहकारी संस्थाको रकम अपचलन गर्ने संस्थाका अध्यक्ष बेनुकुमार लिम्बु धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन् । झापाका जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेपछि सो रकम बुझाउन नसक्दा उनी जिल्ला कारागार चलान भएका हुन् । संस्थाको रकम हिनामिना गरेको आरोपमा उनीसँगै पक्राउ परेका संस्थाका बालकुमार भुजेल पनि २ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । मुद्दा चलेका संस्थाका ९ जना अन्य सञ्चालकहरु भने फरार रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Comments