'गान्धीको सादा जीवन र कर्मशिलताको अनुसरण गरिनुपर्ने'



सुमन कार्की,
३० साउन, इटहरा मोरङ।
महात्मा गान्धी अध्ययन केन्द्र नेपालले मोरङको इटहरामा शनिबार महात्मा गान्धीका चिन्तनको सार्न्दभिकता बिषयमा बिचार गोष्ठी गरेको छ । भारतको ६९ औं स्वतन्त्रता दिवश र नेपालमा नयाँ संविधान घोषणाको पूर्वसन्ध्याको अबसर पारेर रेडियो सुनाखरीको सभाहलमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बिभिन्न क्षेत्रका अगुवाहरुले अहिलेको अन्योल र अस्थिरता अन्त्य गरी शान्ति र स्थिरता प्राप्त गर्न गान्धीका चिन्तनहरुको अनुशरण गर्नु पर्ने बताए। जस्तासुकै आन्दोलन पनि अहिंसात्मकरुपमा पुरा गर्न सकिने उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कुनै पनि किसिमको सकरात्मक निकाश दिन नसक्नेमा उनीहरुले जोड दिए ।




वक्ताहरुले भारतलाई वेलायती उपनिवेशबाट मुक्त पार्न गान्धीको अहिंशात्मक आन्दोलन सफल भएको उदाहरण पनि दिए । कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी बहुमूखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. गोपाल भण्डारीले गान्धी भारतिय स्वतन्त्रताका नेता मात्र नभई पद र प्रतिष्ठाबाट जीवनभर टाढा रहन सक्ने यस युगका एक महान व्यवहारवादी, दार्शनिक र चिन्तक समेत भएको उल्लेख गरे। गान्धीको चिन्तन अध्यात्मवाद र भौतिकवादको संयोजन रहेको उनको तर्क थियो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी परनिर्भरताबाट मुक्त हुन संसारका नागरिकलाई सचेतना प्रवाह गर्ने गान्धीको सादा जीवन र कर्मशिलताको अनुसरण गर्न डा. भण्डारीले सबैमा आग्रह गरे।
कार्यक्रममार् इटहरा बहुमूखी क्याम्पसका प्रमुख टीकेन्द्रबहादुर पोमू, किसान नेतृ सावित्रा रेग्मी, पत्रकार चेतन अधिकारी, हरि कोइराला, शिक्षक नरेन्द्र बस्नेत, जीत बहादुर कटुवाल, सीता पौडेल, गाविस सचिव नवराज पराजुली, स्वास्थ्यकर्मी वाशुदेव रेग्मी लगायतले कार्यक्रममा बिचार राखेका थिए।
महात्मा गान्धीका नैतिक सिद्धान्त, शान्ति,अहिंसा, राष्ट्रप्रेम, भतृत्व र मानवीय मुल्यहरुको चिन्तनमनन् गर्न भारतको स्वतन्त्रता दिवश र नेपालमा नयाँ संविधान जारी हुने पूर्वसन्ध्याको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक युवराज पौडेलले जानकारी दिए।






Comments