ए मेरो धरहरा (कविता)





- आचार्य प्रभा

इतिहासमै जीवित थियौ
आज कहाँ बिलायौ ?
देशकै शान र गौरव
किन भयौ आज पलायन ?
सृष्टिले रचेको तिमी
एक सुन्दर नमुना थियौ
किन गर्लम्म ढलेर
अवशेषमा बद्लिदियौ ?
सबै भन्थे हाम्रो धरहरा
बनाउँ अब हराबरा
के चाहा तिम्रो भयो
कि त सोच्यौ आफुलाई बेसहारा ?




रहेन अस्तित्व अब
सुनसान भो निलो नभ
गर्जियो धर्तीपनि यसरी
तिमी ढल्यौ बेहोशीमा जब ।
तिमीसँगै भए अवशान
ती सपुत, जवान
मरेर गएपनि कहलिनेछन्
जगतमै महान,
तिम्रो भग्नावशेषको
लगाई सबले टिको
पगाली ती कणकणलाई
बनाउँनेछौँ एकताको ढिको
भिजेका छन् आज सबका
ती निर्दोष, निरीह परेली
तिम्रो अभावमा हरे !
आँसुका लागे तरेली ।
तिम्रो शान र मानमा
नेपाली बाँचेकाथ्यौं
तिम्रो उचाईलाई हेर्दै
हामी सारा हाँसेकाथ्यौं
आकास नियाली हेर्दै
काठ्मान्डु बचाईरैथ्यौ
पर्यटकको मनलाई खुशीले
हँसाईरैथ्यौ,
कहाँ खोजौं आज तिमीलाई ?


कुन स्पर्षमा अब भेटुँ म ?
तिमीप्रतिको तृष्णालाई
कुन जलले आज मेटुँ म ?
ए...... मेरो अग्लो धरहरा
किन बन्यौ भन कठैबरा ??????????
किन भयौ तिमी यसरी
हामीबाट टाढा टाढा !!!!!!!!!!!!!!!!!!!

(रचना - बैशाख १२ रातिको १०.४५ बजे )




Comments