लिम्बुवान भोलेन्टियर्सको समायोजन सम्पन्न, केन्द्रीय कमाण्डरमा फक्ताङ्लुङ्




३ पौष, दमक।
संघीय लिम्बुवान पार्टीको सबैभन्दा महत्वपूर्ण संगठन लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डको समायोजन भएको छ । पार्टीको केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा भएको समायोजन कार्यक्रममा ८५ सदस्यीय केन्द्रीय कमाण्ड निर्माण भएको छ ।
लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डरमा पार्टीका सचिव फक्ताङ्लुङ् योङ्हाङ् चयन भएको छन् । त्यसैगरी सह–कमाण्डर तथा कमिसनरमा प्रेमदिप थाम्सुहाङ, सहकमाण्डरहरुमा थाङ्साङ् लावती, मोहन बेघा, मुक्साम लाबुङ्, राजु राई नियुक्ती भएका छन् भने LV सिनियर केन्द्रीय उप–कमाण्डरहरु क्रमशः मेरीङ् योङ्हाङ्, प्रेम तुम्बापो, रविन चेम्जोङ्, शरण जवेगु, गजेन्द्र योङ्हाङ्, सविन चेम्जोङ्, लक्ष्मण योङ्हाङ्, ध्रुव लावती, यम थेवे, फुङ्नाम लिङ्खिम, राम नेयोङ्, दुर्गा ओख्राबो, हाईजन लिम्बु रहेका छन् ।




त्यसैगरी LV केन्द्रीय उपकमाण्डरहरुमा क्रमशः अमित खम्बू, सुजन कुरुङ्फङ्, मित्र देवान, मनिष लिम्बू, सानुबाबा सुब्बा, शिव नारायण राजवंशी, राजेश राई, झडेन्द्र खतिवडा, अदत लिम्बू, सन्तोष सम्बाहाम्फे, मिलन नाल्बो, राजेन्द्र लाबुङ्, ओम बोखिम, मोहन लोक्ताम, होम योक्पाङ्देन, लिला लावती, राजन तामाङ्, जितेन चेम्जोङ्, महेन्द्र हाङस्रोङ्, असिम राई, अनमोल योङ्हाङ्, अर्जुन राई, कृष्ण लावती, नरेश थेव, युद्ध कुरुङ्बाङ्, राज खिम्दिङ्, निर विन्दु थोक्लेन, पूर्ण इङ्नाम, काजीमान लिम्बू वजी, विकाश श्रेष्ठ, अनिल मगर, गणेश जवेगु, खेमसिक नेम्बाङ्, किरण सिगु, राजु साम्बा, गणेश मावो, विवेक लिम्बु, नविन सम्हाम्फ, अग्नि पन्धाक, जर्मन थेव, मन कुमार भट्टराई, पूर्ण पालुङ्वा, दुर्गा लिङ्खिम, भिम लिङ्खिम, विकल्प लिङ्देन, डि.पि. लेप्चा, राम प्र. यम्फू, पाल्देन लेप्चा, दिपक धिमाल, धन बहादुर धिमाल, छिरिङ् यल्मो, रन्जित ताजपुरीया, दिपेन पाहिम, सामजिरी सम्बाहाम्फे, त्रिवेन्द्र इङ्नाम, बरुण मुखिया, शिव इङ्नाम, ओम सिङ्गक, देव लिम्बू, बलवीर फत्र, कैलाश गुरुङ्, दिपक योङ्हाङ्, चन्द्र सुनुवार, सुर्य माझी, पदम लिम्बू र काजी लिम्बु रहेका छन् । लिम्बुवान भोलेन्टियर्स कमाण्डरहरुको बाँकी नामावली क्रमशः जोड्दै लग्न साथै जिल्ला जिल्लामा लिम्बुवान भोलेन्टियर्स LV गठन गर्ने र नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि भौतिक र राजनैतिक रुपमा तयारी गर्ने तयारी भएको भोलिन्टियर्सले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

Comments