लखनपुर रेडक्रसलाई प्रवासबाट सहयोग



३० फागुन, दमक।
झापाको लखनपुरस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखालाई प्रवासमा रहेका लखनपुरका युवाहरुबाट सहयोग जुटाउने क्रम बढेको छ । निर्माणाधीन रेडक्रसको भवनको कामलाई सहज रुपमा सम्पन्न गराउन प्रवासमा बस्ने लखनपुरका बासिन्दाहरुले आर्थिक सहयोग उपलब्ध गराउन थालेको उपशाखाका सभापति चन्द्र शाहले बताए।




यसैक्रममा आज सभापति शाहलाई दुबईमा रहेका रेडक्रसकी शुभेच्छुक कोपिला श्रेष्ठले १० हजार र भीमकुमारी राईले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । यसअघि कतारमा रहेका विजय राईले नगद २९ हजार ८ सय १५, झापाली प्रवासी संघले ३५ हजार, सोही संघका अध्यक्ष चुडामणी कार्कीले ५ हजार र स्थानीय बाटो उपभोक्ता समितिले २५ हजार ७ सय रुपैयाँ सहयोग उपलब्ध गराएका भवन निर्माण समितिका संयोजक समेत रहेका सभापति शाहले जानकारी दिए।
लखनपुर-१ को मंगलबारे बजार पूर्व विभिन्न दाताहरुले उपलब्ध गराएका दुई कठ्ठा जग्गामा सुबिधा सम्पन्न रेडक्रसको भवन निर्माणाधीन अवस्थामा छ । निर्माण शुरु गरिएको पाँच महिनामा हालसम्म ७ लाख रुपैयाँ बढीको काम सकिएको समापति शाहले जानकारी दिए।







Comments