२५ फागुन, इटहरी।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल कान्छो निर्देशक सौगात बिष्टलाई चलचित्र पत्रकार संघ पूर्वाञ्चलले सम्मान गरेको छ ।
सोमबार सुनसरीको इटहरीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बिष्टलाई सम्मान गरिएको हो । सम्मानपश्चात् पूर्वाञ्चलका पत्रकारहरुसँग अन्तर संवाद पनि भएको थियो । लभ यु बाबा निर्देशन गरेर चर्चामा रहेका उनीले आफ्नो चलचित्र राम्रो बनेको भएपनि दर्शक श्रोताले साथ नदिएको गुनासो राखे । उनले भने, 'धेरै नेपाली चलचित्र नराम्रो बन्ने गरेकोले केही राम्रा चलचित्रले समेत दर्शक श्रोताको साथ पाउन सकेका छैनन् ।'
संबाद मिडिया प्रा.लि इटहरीको सभाहलमा सम्पन्न कार्यक्रममा विष्टलाई चलचित्र पत्रकार संघका पूर्बाञ्चल अध्यक्ष सन्तोष राईले दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै संघका क्षेत्रीय सचिब नरेन्द्र बस्नेतले बिश्वमा नेपालको नामलाई चिनाउन सफल निर्देशकलाई सम्मान गर्न पाउनु आफुहरुका लागि गर्बको बिषय भएको बताएका थिए।
Comments
Post a Comment