ट्रकले ठक्कर दिँदा युवतीको घटनास्थलमै मृत्यु




६ चैत, दमक।
झापाको शिवसताक्षीमा आज साँझ ट्रकले ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी ५ मा ना. २ ख ५०६९ नम्बरको ट्रकको ठक्करबाट स्थानीय १८ वर्षिया रणमाया मगरको मृत्यु मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको मालवाहक ट्रकले साँझ करिब ६ बजे उनलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट युवतीको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।





Comments