बसले साइकललाई ठक्कर दिँदा सशस्त्रका हवल्दारको मृत्यु, पत्नी गम्भीर




११ चैत, मोरङ।
कोशी राजमार्गअन्तर्गत मोरङको टंकीसिनुवारी २ मा आज दिउँसो बसले साइकललाई ठक्कर दिँदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ भने उनका २४ वर्षिया पत्नी गम्भीर घाइते भएकी छिन् ।
बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको बसको ठक्करबाट पाँचथर यासोक ५ घर भई हाल कंकालिनी गण टंकीसिनुवारीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार दिपक श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो। साइकल पछाडी सवार उनका २४ वर्षिया पत्नी लिला श्रेष्ठको अवस्था गम्भीर रहेकोले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



आज दिउँसो १ बजे उनीहरु सवार साइकललाई मे १ ख १००७ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका दम्पतीलाई उपचारकालागी नोबेल अस्पताल पुर्‍याइएको थियो । श्रेष्ठ दम्पतीलाई नोबेलबाट न्युरो अस्पतालतर्फ रिफर गर्ने क्रममा पतिको बाटोमै मृत्यु भएको थियो । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ



Comments