शिवसताक्षीमा गुरागाईं



२८ फागुन, दमक।
झापाको शिवसताक्षी नगरपालिकाको कार्यकारी अधिकृतमा हरिप्रसाद गुरागाईं आएका छन् । जिल्ला विकास समिति मोरङबाट उनी सरुवा भई शिवसताक्षी नगरपालिका आएका हुन् ।
झापाको लखनपुर-१ स्थायी घर भएका गुरागाईले आज कार्यभार सम्हालेका छन् । चन्द्रडाँगीस्थित नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रममा कार्यकारी अधिकृत गुरागाईले नगरको समृद्ध विकासमा सवैको हातेमालो आवश्यक भएको जोड दिए । सो कार्यक्रममा सो क्षेत्रका विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, उद्योगी, व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।



यसअघि सो नगरपालिकाका निमित्त कार्यकारी अधिकृत जयनारायण खनाल भने जिविस झापामा सरुवा भएका छन्।






Comments