छोराले काटिदिए बाबुको दुवै हात



१० चैत, तेह्रथुम।
तेह्रथुमको म्याङलुङमा एक युवकले आफ्नै बाबुका दुवै हात काटिदिएका छन् ।
म्याङलुङ नगरपालिका ७ सुर्के बस्ने २६ वर्षिय लेखनाथ लिम्बुले आफ्नै ५१ बर्षिय बुवा रुमबहादुरलाई खुकुरी प्रहार गरेका हुन् ।
हिजो साँझ करिब ७ बजेतिर बाबु छोराबीच घरायसी बिबाद हुँदा छोराले बाबुलाई खुकुरीले हानेका थिए ।




दुबै हात काटिएका रूमबहादुरको लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झडपका क्रममा छोरासमेत सामान्य घाइते भएका छन्। उनलाई प्रहरीको निगरानीमा जिल्ला अस्पतालमा उपचार गराइएको तेह्रथुम प्रहरीको भनाई छ।

Comments