ट्रकभित्रै सहचालकको शव, चालक पक्राउ



३० फागनु, दमक।
झापाको बिर्तामोडमा एउटा ट्रकका सहचालकको हत्या गरिएको अवस्थामा ट्रकभित्रै शव फेला परेको छ ।
बिर्तामोड ६ स्थित सुगम पेट्रोलपम्प अगाडी पूर्वपश्चिम राजमार्गमा ना ३ ख ५६१५ नम्बरको ट्रकका सहचालक सप्तरी फत्तेपुर बस्ने ३५ वर्षिय बिक्रम बिष्टको हत्या गरिएको अवस्थामा शुक्रबार साँझ शव फेला परेको हो ।
घाँटीमा धारिलो हतियारले रेटेर हत्या गरी ट्रकको अगाडी सिटमा छाडेको अवस्थामा उनको शव फेला परेको थियो।



ट्रकका चालक चितवन नारायणघाटका ४० वर्षिय रुद्रबहादुर खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।



Comments