चिया बगानको कर तिर्न पूर्वराजा सकारात्मक


-->
tea picking
१६ माघ, दमक।
झापाको दमक नगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा यहाँ रहेको हिमालय महालक्ष्मी चिया बगान र त्यहाँ रहेको मिनी दरबारको एकीकृत सम्पत्ति कर तिर्न आग्रह गरेको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल सहितको टोलीले दमकमा रहेका पूर्वराजालाई भेटेर करको विषयमा ध्यानाकर्षण गराएको छ ।
एकीकृत सम्पत्ति कर लागू भएयता यस चिया बगानले अहिलेसम्म कर तिरेको छैन । करका विषयमा चिया बगान प्रशासन र नगरपालिकाबीच पत्रमार्फत दोहोरीमात्र चल्दै आएको थियो । यहाँका राजनीतिक दल र नगरपरिषदले समेत बगानलाई कर तिर्नका लागि बारम्बार आग्रह गर्दै आएका थिए ।

-->
कार्यकारी अधिकृत दाहालका अनुसार प्रत्यक्ष रुपमा पूर्वराजा शाहलाई भेटेर यस विषयमा जानकारी गराउँदा शाहले यो समस्या समाधानका लागि नगरपालिकासँग सहकार्य गरेर तत्काल प्रयास थाल्न बगान प्रशासनलाई निर्देशन दिएका थिए । कार्यकारी अधिकृत दाहालका अनुसार बगानले १ करोड ६० लाख रुपैयाँ कर तिर्न बाँकी रहेको छ ।
सो क्रममा चिया बगानको अव्यवस्थित जमिनको समस्या समाधानका बिषयमा पनि छलफल भएको जनाइएको छ ।
पूर्वराजा शाहले आफू यस देशको नागरिक भएको हैसियतले कर तिर्न तयार रहेको बताउँदै समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताएको नगरपालिकाले जनाएको छ ।



-->

Comments