घेदुङको शुभकामना तथा चियापान



१० माघ, पथरी।
नेपाल तामाङ घेदुङ जिल्ला समिति मोरङको आयोजनामा २८५१ औं सोनाम लोसार ग्युकुलल्हो (भेडा वर्ष)को अवसमा शुभकामना आदान प्रदान तथा चियापान समारोह कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पथरीशनिश्चरे १ स्थित बौद्ध गुम्बामा भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य नरबहादुर मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सभाषद् नेपाल तामाङ घेदुङ जिल्लाका अध्यक्ष मित्रसेन योञ्जन तामाङ विशिष्ट अतिथि, आदिवासी कुलजाति महासंघ मोरङ जिल्ला समन्वय परिषद् अध्यक्ष मिलन कुमार राई साथै मोरङ जिल्लाका विभिन्न आदिवासी जातीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चियापानसँगै अतिथिहरुले मन्तव्य पनि राखेका थिए ।





Comments