चौतारी दमकमा पुनः विवस





१ पौष, दमक।
प्रेस चौतारी झापा क्षेत्रीय समिति दमकको अध्यक्षमा पुनः युवराज विवश चयन भएका छन् । मंगलबार भएको पहिलो अधिवेशनले विवशको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेश कुइँकेल, सचिवमा लक्ष्मी नेपाल, सह सचिवमा युवराज दाहाल र कोषाध्यक्षमा दिपा दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चिरञ्जिवि घिमिरे, राजु पोख्रेल, सुस्मा नेपाली र मिकल आचार्य चयन भए।



यसअघि अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभा सदस्य दिपक कार्कीले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै कार्कीले पत्रकारहरुले स्थानीय क्षेत्रको बिकास निर्माणका मुद्दाहरुलाई समेत प्रथामिकता दिनुपर्ने बताए । उनले पत्रकारहरुको व्यवसायिक सुरक्षासँगै प्रेस स्वतन्त्रता संविधानको मौलिक हकमा लेख्न प्रत्यत्न गर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका प्रचार बिभाग प्रमुख माधव विद्रोही, प्रेस चौतारीका जिल्ला अध्यक्ष गोपाल काफ्ले, एमाले दमक नगर अध्यक्ष अम्बिका खनाल लगायतले बोलेका थिए ।





Comments