दुर्घटना गराउने सवारी साधन पक्राउको माग गर्दै राजमार्ग बन्द




९ पौष, दमक।
ठक्कर दिने सवारीसाधनलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै आज मृतकका आफन्तहरुले पूर्वपश्चिम राजमार्गको झिलझिले केर्खा सडकखण्ड बन्द गराएका छन् । बिहान ९ बजेवाट मृतकका आफन्तहरुले ठक्कर दिने सवरीसाधनलाई प्रशासनले पक्राउ गर्न नसकेको भन्दै सडक बन्द गराएका थिए ।


आकस्मिक बन्दको कारण सडकमा सर्वसाधारण यात्रुहरुले सास्ती खेप्नुपरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बेलुका ६ बजे पूर्वपश्चिम सडक खण्डको केर्खाबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मे २ प ४५५५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । सो दुर्घटनामा परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका वडा नम्बर २ का भानु आचार्य र जगन्नाथ गौतमको निधन भएको थियो । गौतमको घट्नास्थलमा नै मृत्यु भएको थियो भने आचार्यको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हालसम्म पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ।

Comments