काबेली करिडोर अझै सञ्चालन भएन





१३ पौष, दमक।
कर्मचारी अभावका कारण झापाको लखनपुरमा रहेको काबेली करिडोर सञ्चालनमा आउन सकेको छैन ।
पाँचथरको काबेली नदीबाट ल्याइएको बिद्युत लखनपुरको सबस्टेशनबाट आपूर्ति गरी प्रशारण गर्ने भनी तयारीमा रहेको सो कार्य अझै सञ्चालनमा आउन सकेको छैन । कर्मचारी नभएका कारण सञ्चालनमा आउन नसकेको नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र दमकका प्रमुख सन्तोष कुमारले जानकारी दिए।




एक महिना अघिबाटै सञ्चालन हुनुपर्ने भएपनि कर्मचारी नभएको कारण बिद्युत सप्लाई हुन नसकेको उनले बताए। कर्मचारी माग गरी केन्द्रमा जानकारी पठाइएको वितरण केन्द्रले जनाएको छ ।
यसैबीच झापाको गौरादह र मोरङको मंगलबारेमा नेपाल बिद्युत प्राधिकरणको सब स्टेशन राखिने भएको छ ।
सुनसरीको दुहबीबाट सिधै बिर्तामोड लगिएको प्रशारण लाइनलाई अब सोझै दमकमा ल्याएर दमक, गौरादह र मंगलबारेबाट बितरण गरिने केन्द्रले जनाएको छ ।



Comments