सोमबारेमा भोलिबाट मिनी मेला





१३ पौष, उर्लाबारी ।
मोरङको इटहरास्थित सोमबारेमा भोलिबाट मिनी रमाइलो मेला सुरु हुने भएको छ । बुलेट गाइज क्लव इटहरा सोमबारेको भौतिक पूर्वाधार विकास निर्माणको सहयोगार्थ मिनी मेलाको आयोजना गरिएको क्लवका उपाध्यक्ष बिनु राना मगरले जानकारी दिए।
मेलामा हर्के हल्दार, मुलासाग, जोगिन्दर पानवाला लगायतका राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुतिका साथै रोटेपिङ, हाउजिङ लगायतका रमाइलो खेलतमासा सन्चालन हुने क्लवका कोषाध्यक्ष कमल वाइवाले बताए। क्लबका कोषाध्यक्ष वाइवाका अनुसार मिनी मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।


बुलेट गाइज क्लवले स्थानीय स्तरमा साँस्कृतिक सामाजिक तथा खेलकुदका गतिविधिलाई तिब्रता दिँदै आएको छ ।


Comments