स्कूलबसको ठक्करबाट एक वृद्धाको मृत्यु





९ पौष, मोरङ।
मोरङको इटहरामा आज बिहान स्कूलबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
विहान सवा सात बजेतिर इटहरा-उर्लाबारी सडकखण्डको इटहरा ३ मा ना ४ ख २२४१ नम्बरको स्कुलबसको ठक्करबाट पैदलयात्री स्थानीय ५५ बर्षिया मिश्रादेवी घिमिरेको मृत्यु भएको हो।

बसको ठक्करपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल बिराटनगर ल्याइएकोमा उपचारको क्रममा बिहान पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालक इटहरा ७ का राजेन्द्र बहादुर खत्रीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।




Comments