इटहरामा रमाइलो मिनी मेला सुरु




१४ पौष, उर्लाबारी।
मोरङको इटहरास्थित सोमबारेमा आजबाट रमाइलो मिनी मेला सुरु भएको छ ।
इटहरा-२ सोमबारेमा बुलेट गाइज क्लवको भौतिक पूर्वाधार विकास निर्माणको लागि आयोजना गरिएको मेलाको स्थानीय जेष्ठ नागरिक रेणुका न्यौपानेको हातबाट रिवन काटेर उद्घाटन गरिएको छ ।
संस्थाका बरिष्ठ उपाध्यक्ष मोहन कुमार न्यौपानेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा इटहरा बजारव्यवस्थापन समितिका अध्यक्ष टिकाराम न्यौपाने, क्लवका संस्थापक अध्यक्ष दीपक श्रेष्ठ, संस्थापक सचिव भीम आले मगर, शुक्रवारे पशु तथा कृषि बजारका अध्यक्ष उद्धव कार्की, नेपाली कांग्रेसका इटहरा गाउँ सभापति पोष्टवहादुर बस्नेत लगायतको आतिथ्यता रहेको थियो । क्लवका सह-सचिव जितबहादुर कटुवालको सन्चालन रहेको कार्यक्रममा उपाध्यक्ष बिनु राना मगरले स्वागत मन्तब्य गरेका थिए।




क्लवमा थप भौतिक पूर्वाधार निर्माण गर्नका लागि आर्थिक समस्या भएकोले त्यसको सहयोगार्थ मिनी मेलाको आयोजना गरिएको क्लवका कोषाध्यक्ष कमल वाइबाले जानकारी दिए। कोषाध्यक्ष वाइवाका अनुसार मेलाबाट स्थानीय कला र प्रतिभाको प्रस्फुटन हुने अपेक्षा गरिएको छ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुतिका साथै रोटेपिङ, हाउजिङ लगायतका रमाइलो खेलतमासा सन्चालन हुने क्वलका सदस्य खगोल न्यौपानेले जानकारी दिए।


Comments