सातौं चरणको समाप्तीमा दुई भारतीय खेलाडीको अग्रता





१३ पौष, दमक।
झापाको दमकमा जारी चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत सातौं चरणको खेलको समाप्तिसँगै दुई भारतीय खेलाडी अग्रता कायम गर्न सफल भएका छन्।
प्रतियोगितामा भारतकका आसुतोस कुमार (१९०९) र सातौं चरणमा बरावरी खेलेका अनुराग जैसवाल (१९०७) ६.६ अंकका साथ शिर्षस्थानमा रहन सफल भएका हुन् ।
प्रतियोगिताअन्तर्गत आइतबार भएको सातौं चरणको खेलमा आसुतोसले उनकै देशका विपुल सुवासी (२१८४) सँग बरावरी तथा आठौं चरणमा नेहा सिंह (२०३७) लाई पराजित गरेका हुन् । त्यसैगरी अनुरागले सातौं चरणमा भारतकै राकेश गुरुङ (१९९४) लाई पराजित गरे भने आठौं चरणमा विपुलसँग बरावरी खेले ।




यता आठौं चरणमा बरावरी खेलेका सुवासी, नेपालका जनार्दन श्रेष्ठ (१९९९), रुपेश जैसवालल (१९७३), हिमाल लामा (१९३७) समान ६ अंक जोड्दै दोश्रो स्थानमा रहन सफल भएका छन् ।
त्यसैगरी इन्टरनेसनल मार्स्टस डि पि सिंह (२२२१), कृष्ण थापा (२०४१), विवेक थिङ (१९७०) र विश्व विजय घिमिर (१८४२) समान ५ दशमलब ५ अंकका साथ संयूक्त रुपमा तेश्रो स्थानमा रहेका छन् ।
उता सातौ चरणमा पराजित भएका भारतकी नेहा सिंह (२०३७), राहुल गुरुङ (१९०१), राकेश गुरुङ (१९९४), रौनक मण्डल (१८२७) सहित १८ जना खेलाडी ५ अंकका साथ संयूक्त रुपमा चौथो स्थानमा रहेका प्रतियोगिताका मुख्य आर्विटर उमेश केसीले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत सोमबार आठौं र नवौं चरणका खेलहरु हुनेछन् ।




Comments