२८ असोज, दमक।
झापाको झिलझिलेमा सामुदायीक भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले हुन लागेको बृहत झिलझिले सांगीतीक कार्यक्रमको आवश्यक तयारी ब्यापक रुपमा भइरहेको आयोजकले जानकारी गराएको छ । शुभदीपावली २०७१ को अवसर पारेर कार्तिक ४ गते कागतिहारको साँझ आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरु झिलझिले आउने पक्कापक्की भइसकेको छ ।
-->
किरात राई यायोक्खा सतासीधामको मुख्य आयोजना र झापाली युवा सरोकार समाजको ब्यवस्थापनमा हुन लागेको सांगीतीक कार्यक्रमवाट संकलित रकमले सामुदायीक भवन निर्माण गरिने कार्यक्रम संयोजक सुरज रिङ्गलुङ्ग राईले बताए । संयोजक रिङ्गलुङ्गका अनुसार झिलझिलेमा बढ्दो बजारीकरणसँगै सामुदायीक भवनको आवश्यकता परेकोले अभियानका रुपमा कार्यक्रम आयोजना गरिएको हो । उनले भने, 'बिगत पाँच बर्षदेखि लगातार झिलझिले बजार र सतासीधामको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतीक कार्यक्रम गर्दै आएका छौं ।'
सो कार्यक्रममा बरिष्ठ हास्यकलाकार मनोज गजुरेल, गायक शिव परियार, नेपाली आइडल बादल लिम्बु, गायिका मेलिना राईका साथै धरान र दार्जीलिङका ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
झिलझिले माध्यमिक विद्यालयको प्राङ्गणमा साँझ ५ बजेवाट हुने सांगीतीक कार्यक्रममा किरात राईहरुको मौलिक संस्कृति झल्कने साकेला चण्डी नृत्यसमेत प्रस्तुत रहने आयोजक सदस्य डिनेश गजमेरले बताए ।
६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रममा बिभिन्न ब्यापारीक संस्थाहरूको प्रायोजन, सहप्रायोजन रहनुका साथै स्टल, टिकट र अन्य सहयोगहरु प्राप्त हुने आयोजकले जनाएको छ ।
-->
Comments
Post a Comment