एघार जनाविरूद्ध तीन मुद्दा




२८ असोज, दमक।
इलाका प्रहरी कार्यालय दमकले ११ जनाविरूद्ध विभिन्न अभियोगमा जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएकाहरूमा एकजना जवरजस्ती करणी, ८ जना चोरी र २ जना सार्वजनिक अपराधका अभियुक्तहरू रहेका छन् ।
दमक १ की १५ वर्षीय बालिकालाई जवरजस्ती करण गर्ने सोही वडाका २३ वर्षीय आशिष राईबिरुद्द मुद्दा चलाएको हो । इलाका प्रहरी कार्यालय दमकका अनुसार मुद्दा दर्ता गर्न लगेका राई अस्वस्थ भई मेची अञ्चल अस्पताल चन्द्रगढीमा स्वास्थ्य परीक्षण गर्न अस्पताल भर्ना गराएपछि पिसाव फेर्ने निहुँले हिजै बेलुकी ६ वजे शौचालय पछाडीबाट भागेका थिए ।



भागेका राईलाई पक्राउ गर्न प्रहरी परिचालन गरी बेलुकी ९ वजे चन्द्रगढी लेखनाथ चोकबाट पक्राउ गरिएको दमकका प्रहरी निरीक्षक सन्तु जैसवालले जानकारी दिए।
यसैगरी दमक १ फागुनन्द चोकस्थित पाथिभारा मोवाइल सेन्टरका सञ्चालक दुर्गा पौडेललाई प्रहरीले पक्राउ गरी चोरी मुद्दा चलाएको छ । पौडेलबिरुद्ध चोरीको मोवाइल किन्ने गरेको, मोवाइल चोरी गर्ने चोरहरुले गत सोमवार पौडेलको पसलमा बेच्ने गरेको बयान दिएको र मोवाइल एक्चेञ्ज अफर दिने गरेको प्रमाणका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सेन्टरबाट बिलभरपाई नभएका ५० वटा मोवाइलसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
गत आइतवार मोवाइल चोरी गर्ने दमक १का ७ जना चोरलाई फागुनन्द चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक १ का बिवेक कार्की, अरुण माझी, सुरज कुमाल, उद्धव श्रेष्ठ, दिपक श्रेष्ठ, उमेश श्रेष्ठ र राजकुमार कुमाल रहेका छन् ।
यता दमक ९मा मूर्ति बनाउने कालिगढको काम गर्ने भारतीय नागरिकलाई दमक ९ मा छुरी देखाएर लुटपाट गर्ने सोही वडाका २ जना युवा बिरुद्ध इलाका प्रहरी कार्यालय दमकले सार्वजानिक मुद्दा चलाएको छ । दमक १ स्थित फागुनन्द चोकबाट वडानम्वर ९का हेम मगर र सुनिल धिमाललाई प्रहरीले गत आइतवार पक्राउ गरेको थियो ।





Comments