पूर्वका चर्चित डिएपी शर्मा विवादमा, दान गरेको रकम फिर्ता गर्न प्रशासनको आदेश




तेज बन विश्वासी
६ कार्तिक, सुनसरी ।
बिभिन्न उदाहरणीय कार्य गरेर समाजमा बेग्लै पहिचान बनाउन सफल बनेका पूर्वका चर्चित प्रहरी अधिकृत तथा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी बिनोद कुमार शर्मा यो पटक भने बिवादमा तानिएका छन् ।
केही दिनअघि इटहरी ७ स्थित साथी पेट्रोल पम्प आसपासका क्षेत्रबाट ८ जना जुवाडेसहित बरामद भएको ७७ हजार ८ सय रकम माथिल्लो निकायको अनुमति बिनै इटहरीको एक अनाथ आश्रमलाई दान गरेपछि इटहरीका डिएसपी शर्मा बिवादमा तानिनुका साथै तनावमा परेका छन् ।
एमाओवादीको सरकार रहेको बेला दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एमाओवादीकै नेतालाई पक्राउ गरी कार्वाही गरेपछि एकाएक चर्चामा आएका डिएसपी शर्मालाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जुवाको खालवाट बराद ७७ हजार ८ सय रकम तत्काल कार्यालयमा बुझाउन आदेश दिएको छ ।



सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्तले डिएसपी शर्मालाई तत्काल सो रकम प्रशासनको कार्यालयमा दाखिला गराउन आदेश दिएका हुन् ।
प्रशासनले उक्त रकम माग गरेपछि उक्त रकम फिर्ता माग्न डिएसपी शर्मा वाध्य बनेका छन् । एक कार्यक्रमको आयोजना गरी इटहरीस्थित निःसहाय वालवालिका अनाथ आश्रमकी सञ्चालिका गीता गौतमलाई हस्तान्तरण गरिसकेको सो रकम फिर्ता माग्न उनी बाध्य बनेका हुन् । उनले दशैं र तिहारमा आफुले पाउने तलब र रासन र भत्ताको सोही बराबरको रकम आश्रमलाई दिएर आश्रममा दिएको जुवाडेहरुको रकम ७७ हजार ८ सय रुपैयाँ प्रशासन कार्यालय सुनसरीमा बुझाउने घोषणा गरेका छन् ।
जुवाडेहरुको रकम प्रसाशनको अनुमती बिना अनाथ आश्रमलाई बितरण गर्नु आफ्नो भुल रहेको स्विकार्दै डिएसपी शर्माले अनाथालयलाई दिएको रकम तिहार सकिएलगत्तै प्रशासनमा दाखिला गरिदिने र दशै, तिहार सम्मको आफुले पाउने तलब, रासन भत्ताको सोही बराबरको रकम अनाथालयलाई सहयोग स्वरुप प्रदान गर्ने पूर्वेली टाइम्सलाई बताएका छन् ।
माथिल्लो निकायले डिएसपी शर्माले गल्ती गरेको बताएपनि सारा नेपालीले उनले गरेको सहयोग र समाज सुधारका कार्यहरुलाई हेरेर बधाई तथा शुभकामना दिने क्रम जारी छ ।
बिना स्वार्थ जनताको सेवामा खटिएका प्रहरी अधिकृत डिएसपी शर्माको यस्तो उदाहरणीय कार्यका लागि हामी सञ्चारकर्मीहरुको पनि सलाम छ ।


Comments