देवकोटा जयन्तीमा कविता वाचन प्रतियोगिता



६ कार्तिक, दमक।
साहित्य कला संगम दमकले १०६ औं महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा कविता बाचन प्रतियोगिता आज सम्पन्न गरेको छ ।
दमक ११ स्थित देवकोटा चोकमा भएको प्रतियोगितामा उर्लावारीका कवि कृष्ण उदासी प्रथम, तोपगाछीका कृष्ण रेग्मी दोस्रो र दमककी जीवनकुमारी सापकोटा तेस्रो भएका छन् ।
प्रतियोगितामा १६ जना कविहरु सहभागी रहेको संस्थाका महासचिव बिन्दु दाहालले जानकारी दिएका छन् । प्रतियोगिताअघि भएको औपचारिक कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रुद्रप्रसाद निरौलाले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली, लेखक/प्राध्यापक धनञ्जय बास्कोटा, दमक बहुमुखी क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष सुरेश सुब्बा लगायतले बोलेका थिए ।



Comments