चोरसँग डरायो प्रहरी !




४ कार्तिक, दमक।
झापाको दमकमा रहेको अनलाइन कम्प्युटरबाट ल्यापटप चोरीमा संलग्न भनिएका एक युवालाई प्रहरीले पक्राउ गरेपनि मुद्दा दर्ता गरेको छैन ।
पक्राउ परेका दमक १२ का मनहाड्ग राईलाई इलाका प्रहरी कार्यालय दमकले ५ दिनदेखि पक्राउ गरी राखेको छ । गएको असोज ३० गते बिहान ४ वजे कम्प्युटर पसलबाट २५ वटा ल्यापटप र नगद ७५ हजार १ सय ४५ रुपैयाँ चोरी भएको थियो । आफूले प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको कम्प्युटरका सञ्चालक सुरज धिमालले बताए। उनले राईबिरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले अनुसन्धान जारी रहेको बहानामा जाहेरी नलिएको बताए।





इलाका प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी नायव उपरीक्षक रबीकुमार पौडेलले अनुसन्धान भइरहेको र आज बेलुका सम्म फाइनल गर्ने बताएका छन् ।
पक्राउ गरिएको २४ घण्टाभित्र अभियुक्तलाई प्रहरीले सम्बन्धीत मुद्दा हेर्ने जिल्ला अधिकारीसमक्ष पेश गर्नुपर्ने कानुनी प्रावधान भए पनि राईमाथि ५ दिनदेखि कानुनी कारवाही अगाडी बढाइएको छैन ।
अधिवक्ता नारायण भट्टराईले पक्राउ परेका ब्यक्तिलाई पक्राउ परेको समयबाट सम्बन्धीत मुद्दा हेर्ने अधिकारी मक्ष २४ घण्टा भित्र बुझाउनुपर्ने कानुनी प्राबधान रहेको बताए ।
राई निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्व केन्द्रीय सदस्य एलडी राईका छोरा हुन् । बिभिन्न राजनीतिक शक्तिकेन्द्रहरुसँग राईले छोरा छुटाउन गुहारेको आरोप समेत लगाइएको छ ।





Comments