लक्ष्मीजयन्तीको अवसर पारी श्रष्टालाई सम्मान




१ कार्तिक, विर्तामोड ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्म जयन्तीको अवसर पारेर अखिल नेपाल लेखक संघ र क्रान्तिकारी पत्रकार संघ झापाले आज एक स्रष्टालाई सम्मान गरेको छ ।
झापाको विर्तामोडमा आयोजित स्रष्टा सम्मान तथा शुभकामना आदान-प्रदान कार्यक्रमका नेपाली साहित्य एवं समाजमा पुर्‍याएको योगदानको उच्च मूल्यङ्कन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ यज्ञ प्रसाईंलाई सम्मान गरिएको हो ।







कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार चुडामणि रेग्मीले सम्मानपत्र एवं दोसल्ला ओढाएर प्रसाईंलाई सम्मान गरेका थिए । नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले सम्मानित व्यक्ति प्रसाईंको परिचय स्पष्ट पारेको कार्यक्रममा नेपाल पत्रकार महासंघका झापा अध्यक्ष भीम नेम्बाङ्ग, प्रगतिशील लेखक संघका झापा अध्यक्ष कमल गुरागाईं, एमाओवादी झापाका इञ्चार्ज राजु आचार्य लगायतले सम्मानित व्यक्तिलाई बधाई दिर्दै नेपालमा साहित्य क्षेत्रमा खासै परिर्वतन नपाइएको बताएका थिए ।
कार्यक्रममा रेडियो नेपालका सुप्रशिद्ध लोक गायक एलपी जोशी, भूवन आदिमलगायतले आ-आफ्ना रचना वाचन गरेका थिए ।
टीकाराम उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरु दर्नालले स्वागत मन्तव्य, झुलन रेग्मीले सम्मानपत्र बाचन तथा धनकुटे कान्छाले सञ्चालन गरेका थिए ।


Comments