बसको ढोकाबाट सहचालक खस्दा सहचालकको मृत्यु




१ असोज, सुनसरी ।
सुनसरीको धरानमा गुडिरहेको बसको ढोकाबाट खसेका बसका सहचालकलाई बसको पछाडीको चक्काले किच्दा उनको मृत्यु भएको छ ।
आज अपरान्ह पौने पाँच बजेतिर धरान ८, बरगाछीमा भानुचोकतर्फ आउँदैगरेको को १ ख ३२११ नम्बरको यात्रुवाहक वसबाट खसेका बसका सहचालक झापाको विर्तामोड ७ का १६ बर्षीय सन्दीप आचार्यलाई सोही बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बस र त्यसका चालक इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन् ।



Comments