२७ भदौ, दमक ।
दुबै मृगौला काम नलाग्ने भएकी झापाको शिवगञ्जकी मनिषा लम्सालको उपचारमा सहयोग पुर्याउने उद्देश्यले लखनपुर शान्ति समितिले १८ हजार ८ सय १५ रुपैयाँ संकलन गरेको छ ।
समितिकी सदस्य उर्मिला भण्डारीको पहलमा संकलन गरिएको सहयोग रकम पत्रकार मञ्च दमकमार्फ पीडित परिवारलाई प्रदान गरिने भएको छ ।
शुक्रबार एक कार्यक्रम गरेर स्नेहा ट्रेडर्सका सञ्चालक तथा सहयोगदाता शम्भु भण्डारीले पत्रकार मञ्चका अध्यक्ष बिष्णुप्रसाद पोखरेलमार्फत उक्त रकम पीडित परिवारमा प्रदान गर्ने जानकारी दिए। शान्ति समिति लखनपुरकी सदस्य भण्डारीले आफ्नो पहलमा उक्त रकम उठाएकत्र सो अवसरमा जानकारी गराइएको थियो ।
न्यू जागृती सहकारी संस्थाले ३ हजार, जनता ट्रेडर्सले १ हजार ५ सय, राम बिष्टले १ हजार ६ सय ३५, उर्मिला भण्डारीले १ हजार, स्नेहा सप्लायर्स १ हजार रूपैयाँ र अन्य बिभिन्न ब्याक्तिहरुले स्वेच्छिक सहयोग गरेकाले एकमुष्ठ रुपमा यो रकम प्रदान गरिएको भण्डारीले बताए।
शुक्रबार अबेर लम्सालको सहयोगका लागि पत्रकार मञ्चमार्फत रकम प्रदान गरिएकाले आइतवार उनको सहयोगका लागि खोलिएको बैक खातामा रकम हालिदिने मञ्चका अध्यक्ष पोखरेलले बताए ।
शिवगञ्ज बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत लम्सालको दुबै मृगौला काम नलाग्ने भएको बिशेषज्ञहरुले बताएको र आर्थिक अभावले उपचार हुन नसकेको समचार प्रकाशन तथा प्रशारण भएपछि उनलाई सहयोग गर्नका लागि सहयोग समिति बनाएर बिभिन्न ठाउँहरुमा सहयोग संकलन भइरहेको छ ।


Comments
Post a Comment