युवतीलाई थुनेर यौन शोषण र बालिका बलात्कार गर्ने एक महिलासहित तीन पक्राउ




४ असोज, मोरङ।
बालिका बलात्कार र युवतीलाई बन्धक बनाई यौन शोषण गराउने छुट्टाछुट्टै घटनाका एक महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको कोसी हरैचा नगरपालिकाको विराटचोकमा एक युवतीलाई सात दिनसम्म होटलमा बन्धक बनाएर यौन शोषण गरिएको आरोपमा प्रहरीले जुनु मगर र दिनेश श्रेष्ठलाई पक्राउ गरेको हो।
बन्धक बनाइएको स्थानबाट भागेर पीडित युवतीले प्रहरीमा उजुरी गरेपछि मगर र श्रेष्ठ पक्राउ परेका हुन् ।
इलाका प्रहरी बेलबारीका प्रमुख, प्रहरी निरीक्षक दुर्गाप्रसाद दहालका अनुसार मधुमल्ला ५ की जुनु मगरले आफ्नै गाउँकी ती युवतीलाई बजार घुमाइदिन्छु भन्दै भदौ २४ गते विराट चोकस्थित होटल आग्रहमा ल्याएर बन्धक बनाएकी थिइन् । मगरले होटल साहु दिनेश श्रेष्ठको मिलेमतोमा ती युवतीलाई होटलको कोठामा राखेर दैनिक रुपमा ग्राहक खोज्दै पैसा लिएर यौन शोषण गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि दहालले बताए ।
सात दिनसम्म यौन सिकार भएकी युवती बिहीबार भागेर प्रहरीकहाँ पुगेकी थिइन् ।




यता मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
पथरी शनिश्चरे ३ की एक १२ वर्षिया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मोरङ अमरदह ३ का ५२ वर्षिय सेख मनोवरलाई शुक्रबार पक्राउ गरेको हो । पिडितका बाबुले शुक्रवार इलाका प्रहरी कार्यालयमा आरोपित बिरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
घटनासम्बन्धमा अनुसन्धान शुरू गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।





Comments