पाथीभरा गणमा कार्की

७ भदौ, दमक। झापाको लखनपुरस्थित सशस्त्र प्रहरी वल पाथीभरा गणको गणपतिमा भरत कार्की आएका छन् । उनी मोरङको सलकपुरस्थित औद्योगिक तथा राजस्व गणबाट सरुवा भई शुक्रवार पाथीभरा गणमा आएका हुन् । पाथीभरा गणका पूर्व गणपति सिरहा सीमा सुरक्षा बलमा सरुवा भएका थिए । यसैबीच पाथीभरा गणका गणपति कार्कीले शान्ति सुरक्षा, अमन चयन कयम गर्न आफूले हरसम्भव काम गर्ने बताएका छन् । पूर्वेली टाइम्ससँग कुरा गर्दै गणपति कार्कीले यस क्षेत्रको शान्तिसुरक्षा सवल बनाउन लागिपर्ने बताए।

Comments