खोलामा डुबेर बालकको मृत्यु

१० भदौ, दमक। झापाको कनकाई नगरपालिकामा खोलामा डुवेर एक बालकको ज्यान गएको छ । कनकाई -८ स्थित घाग्रा खोलामा डुवेर स्थानीय १३ बषिर्य बालक रामबहादुर बिश्वकर्माको ज्यान गएको हो । घर नजिकैको खोलामा पौडी खेल्न गएका बिश्वकर्मा डुबेर मृत्यू भएको अवस्थामा आज अपरान्ह उनी मृत अवस्थामा फेला परेका थिए । स्थानीय हिमाली निमाविमा कक्षा ८ मा अध्ययन गर्ने बिश्वकर्मा पौडी खेल्ने क्रममा ह्युमपाइपमा अडि्कएका थिए । उनको शव पोष्टमर्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको घटनास्थलमा पुगेका सो विद्यालयका प्रधानाध्यापक केशब ओझाले जानकारी दिए।

Comments