घरेलु मदिरासहित ५ पक्राउ

नरेन्द्र बस्नेत, ६ भदौ, मोरङ। ट्रकमा लुकाई छिपाई मोरङको लक्ष्मीमार्गदेखि बिराटनगरतर्फ लैजाँदै गरेको ७ सय ८० लिटर घरेलु मदिरासहित ५ जनालाई पक्राउ गरी प्रहरीले राजस्व कार्यलय बिराटनगरमा बुझाएको छ । को १ ख ९१४ नम्बरको ट्रकमा लुकाईछिपाई बिराटनगरतर्फ लैजाने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीको टोलीले ट्रयाक्टर चालक हसन्दह ७ का गोपाल ताम्राकार, घरेलु मदिरा ब्यापारीहरु मोरङ डाँगीहाट ५ का हर्कमाया राई, सुष्मा राई, निशा गुरुङ, र प्रमिला मगरलाई समेत पक्राउ गरी बुझाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज तथा प्रहरी निरीक्षक दुर्गाप्रसाद दहालले जानकारी दिनुभयो । साउन महिनाभरीमा मात्र इलाका प्रहरी कार्यालय बेलबारीले ४ हजार लिटर बढी मदिरा पक्राउ गरिएको उनले जानकारी दिनुभयो ।

Comments