च्याउखेतीबाट मनग्ये कमाइ


मोरङ्गको उर्लावारीस्थित मंगवारेका एक युवाले व्यावसायिक च्याउ खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन ।
उर्लावारी ६ मंगवारेका ३० वर्षीय उदयचन्द्र श्रेष्ठले व्यावसायिक रुपमा च्याउ खेती गरेर राम्रो आम्दानी गर्दै आएका हुन् । श्रेष्ठले २०६१ सालवाट १० हजार रुपैयाँ लगानी गरेर घर भाडामा लिएर यो पेशा शुरु गरेका थिए । श्रेष्ठले यहि पेशावाट राम्रो आम्दानी हुने देखेर २०६४ सालमा २ लाख ५० हजार ऋण लिएर यो व्यावसायको विस्तार गरे । अहिले श्रेष्ठले आफ्नै १० वटा टहराहरु निर्माण गरेर व्यावसाय संञ्चालन गर्दै आएका छन् । आफुले उत्पादन गरेको च्याउ झापा, मोरङ्ग जिल्ला लगायत पूर्वाञ्चलका विभिन्न बजारमा विक्री हुँदै आएको श्रेष्ठ बताउँछन् ।




यहि व्यवसायलाई निरन्तरता दिँदै आएका श्रेष्ठले अहिले मासिक ४० हजारदेखि ८० हजा सम्म आम्दानी गर्ने गरेको बताउँछन् । उनले स्थानिय १० जनालाई रोजगारी समेत दिएका छन् । च्याउखेतीबाटै श्रेष्ठले २५ लाख रुपैयाको घर र एउटा सवारी साधनसमेत जोडेको बताए ।


भुपाल

Comments