सन्दर्भ - भुटानको राष्ट्रिय दिवस

अभिभावकत्व पुगेन

भूटान शरणार्थी प्रतिनिधि स्वदेश फिर्ति समितिका अध्यक्ष डा. भम्पा राईले भूटानी शरणार्थी अगुवाहरुको कारण स्वदेश फिर्तीको आन्दोलन सफल हुन नसकेको बताउनु भएको छ ।
भूटानको १०३ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार झापाको दमकमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष राईले अहिले भुटानी शरणार्थीहरुमा अभिभावक संस्थाको खाँचो रहेकोले पहिला अभिभवकको चयन गर्नु पर्नेमा जोड दिनु भयो ।
कुनै पनि कुरा सफल हुनको लागि अभिभावकको भुमिका महत्वपूर्ण हुने तर्क राख्दै उहाँले भुटान प्रतिनीधि स्वदेश फिर्ति समितिलाई नै अभिभावक संस्था मान्न सकिने तर त्यसको लागि सबैको समर्थनको आवश्यक रहेको कुरा बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा भारत बाट आउनुभएका भूटानी स्वदेश फिर्ती आन्दोलनका सहयोगी तथा नेपाल भारत भुटानका बुद्धिजिविहरुको संगठन साप्पेका सदस्य शैलेन्द्र अरोराले भूटानीहरुको तेस्रो मुलुक पुनर्स्थापनालाई मानव तस्करीको संज्ञा दिदै उक्त मानव तस्करीमा भूटान, भारत र नेपाल तीनैवटा देशहरु संलग्न रहेको आरोप लगाउनु भयो । उहाँले यसरी खुलेआम भैरहको मानव तस्कारीलाई रोक्न नेपालका मानव अधिकारवादीहरुको ध्यानाकर्षण गराउनु भएको थियो । नेपाल भारत र भुटानको संबन्धलाई अझ सुमधुर बनाउन पर्ने कुरामा पनि अरोराले जोड दिनु भयो ।
ड्रुक नेशनल काँग्रेस भूटानका उपाध्यक्ष थिन्ले पेन्जोरको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दमकका शिक्षा सेवी जय बहादुर श्रेष्ठ, नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य चित्र बहादुर बस्नेत, भूटानी मानव अधिकारवादी डीपी काफ्ले, ड्रुक नेशनल कांग्रेसका अर्का उपाध्यक्ष उर्गेन वाङचुक लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


शरणार्थी विकल्पमा समानता भएन
दातृ निकाय तथा नेपाल सरकारले भूटानी शरणार्थी समस्याका बारे उठाइएका विभिन्न तीन विकल्पमध्ये तेस्रो विबल्प मानिएको तेस्रो मुलुक पूनर्वासलाई मात्रै प्राथमिकता दिएर असमान व्यवहार गरेको गुनासो गरेका छन् ।
भूटानको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनका बीच भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ति समितिका संयोजक हर्कजंग सुब्बाले शरणार्थीको हित चाहनेले तीनवटै विकल्पलाई खुल्ला गर्नु पर्ने बताउनु भयो ।
स्वदेश फिर्ति आन्दोलन ओझेलमा परेको प्रति अधिकांश शरणार्थी चिन्तित रहेको बताउँदै संयोजक सुब्बाले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई कुटनीतिक प्रयासका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाइएको बताउनु भयो । सुबबाका अनुसार केही वर्षयता स्थगित नेपाल-भूटान वार्ता सुचारु गराउन नेपाल सरकारलाई अपिल गरिएको हो ।

भूटानमा विद्यमान वाङचुक वंशको राजकाज प्रारम्भ भएको दिनलाई राष्ट्रिय दिवस मान्ने पक्षमा आफूहरु नरहेको भन्दै सुब्बाले भन्नु भयो-' १ लाख बढी नागरिकलाई देश निकाला गरेर टिकेको राजसंस्थाको स्थापना भूटानको राष्ट्रिय दिवस हुन सक्दैन । जुन दिन शरणार्थी जीवन भोगिरहेका नागरिक भूटान फिर्ता लगिन्छ र प्रजातन्त्र बहाली हुन्छ, त्यो दिन नै भूटान र भूटानीका लागि राष्ट्रिय दिवस हुने छ ।' स्वदेश फिर्तिको पक्षमा रहेका शरणार्थीको पक्षमा कसैले चासो नदिनु उनीहरुको मानव अधिकारको सम्मान नहुनु हो- सुब्बाको कथन थियो ।


समितिले शरणार्थी स्वदेश फिर्तिको विकल्प नरहेको भन्दै यो नै स्थायी समाधान समेत भएको बताएको छ ।
एक सय १३ बर्षअघि सन १९०६ डिसेम्बर१७ मा राजसंस्था शुरु भएको दिनलाई भुटानले राष्ट्रिय दिवस को रुपमा मनाउँदै आएको छ ।

कमन
फोटो, भिडियो - अरूण

Comments