रमाइला ट्रक साहित्य




सवारी साधनबिना गन्तव्यसम्म पुग्न गाह्रो छ। आफ्नो सवारी साधन भए पनि लामो यात्रामा हिँड्न भाडाका सवारी साधन चाहिन्छ। यद्यपि यी सवारी साधन गन्तव्यमा पुर्‍याउने साधन मात्र रहेनन्, यो साहित्यको खानी पनि भैसकेको छ। ट्रक-बसका पछि लेखिएका रमाइला कविता-सायरीले कहिलेकाहीँ राम्रैसँग हँसाउँछन् भने कहिले भित्रैदेखि कुतकुती लगाइदिन्छन्। केहीमा गम्भीर सन्देश हुन्छ भने कतै रमाइला व्यंग्य पनि देख्न पाइन्छ। सधैं यात्रामा रहने सवारी साधनका चालक एवं सहयोगीहरूको मनोविज्ञान पनि यी मुक्तक-सायरीमा पाइन्छन्। सायद त्यसैले विश्लेषकहरूले यसलाई ट्रक साहित्यको छुट्टै विधाका रूपमा व्याख्या गरेका छन्। भारतीय लेखक अमर यादवले गाडीपछाडि लेखिएका यस्ता चुट्किला र सायरीहरू संकलन गरेर एउटा पुस्तक नै तयार पारेका छन्। सानो मुलुक र कम सवारी साधन भए पनि नेपालमा ट्रक साहित्यको प्रभाव राम्रैसँग परेको देखिन्छ। आउनुहोस्, दसैंको फुर्सदमा साप्ताहिकले फेला पारेका केही रमाइला कविता, मुक्तक, सायरी तथा टुक्काहरूको स्वाद लिऔं।





फूल सम्झिए बास्ना दिन्छु,
सिस्नु सम्झिए काँडा ।
आफ्नो सम्झिए माया दिन्छु,
विरानो सम्झिए टाढा ।।



उकाली होस् वा ओराली होस्
बाटैमा ससुराली होस् ।
गोरी होस् वा काली होस्
ससुरालीमा एउटी साली होस् ।।



जलादे उन हसिनोको
जो खुदपे नाज करती है,
गिराके जुल्फ गाल पे
जो ड्राइभरको बदनाम करती है।



जनकपुरको माछा मलेखुमा पिस ।
अरूलाई मुस्कान ड्राइभरलाई किस ।।



तिम्री छोरी नै आँखा लाउँछिन् त
हाम्रो गुरुजीको के दोष ?



जँड्याहालाई खोज्ने केवल दुई ठेगाना
कि त भट्टीमा कि त पुलिसचौकीमा ।



ढिलो गए साहूले पैसा कमाउने
छिटो गए त्रिशूलीको माछा रमाउने ।



राजनीतिको कुरा नगर यहाँ,
यो गाडी हो देश होइन ।
झूटो बोल्ने बानी छैन
म खलासी हुँ प्रचण्ड होइन ।




ब्रेक लगाए गाडी रोकिन्छ
कन्डम लगाए एड्स जोगिन्छ ।



गाडी चलाऊ होसमा
कन्डम लगाऊ जोसमा ।



हर्न मै छ तिम्रो भाऊ
अगाडि जाने छ, तिम्रो दाउ
बिस्तारै आउ भन्दिया छ,
कारण उताबाट आउँदैछ, तिम्रो बाउ ।
जल्ने जलिरहन्छ
२३४२ चलिरहन्छ ।



चल्ती है गाडी उड्ती है धूल
ड्राइभरसे प्यार करना लड्कीका भूल ।



ओ ब्रो बालै भएन,
स्वास्नी पोइला गै थाहै भएन ।



वान वान टर्निङ, वान वान वाइफ
ड्राइभरको जिन्दगी गोल्डेन लाइफ ।



तरुनी मुसुक्कै, पैसा भुसुक्कै ।



श्रीमती राख्नु टिपटप
दुइटा बच्चापछि फुलिस्टप ।



जिन्दगी त खलासीको राम्रो ।
खलासी ?
ख माने खायो
ला माने लायो
सी माने सिध्यायो ।



फूल दिउँ भने पात छैन
मुस्कान दिउँ भने
अगाडिको दाँत छैन ।


बुरी नजरबाले तेरा बच्चा जिए
ठूला भएपछि तेरै खुन पिए ।



रगत दिने भए अस्पतालमा देऊ
सडकमा होइन ।



बार्‍हको फूल, चौबीसको माला
साहूको छोरा, ड्राइभरको साला ।



दम है तो क्रस कर,
नही तो बरदास्त कर ।



मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन
ड्राइभरका केटी धेरै हुन्छन्, खलासीको हुँदैन ।



मत सताओ लड्कीको पाप लगेगा
तु भि एकदिन लड्कीका बाप बनेगा ।



खुदा तु ने पलती कम्मर क्यो बनाइ
क्या चमडी कम था ?



वह किताब क्या किताब
जिसपे कोही कभर नही
वो लड्की क्या लड्की
जिसका कोही लभर नही ।



चाँदनी रात बितति जा रहि है
उल्लुकी पठ्ठी तुम कव आरहि है ?


आँखामा आँसु भए पनि
मुस्कान दिएर चढ
तिमी मेरी कान्छी बूढी भए पनि
भाडा दिएर झर।



जीवन हो कहिलेकहीँ मोज गर्नु
तर हरेक मोडमा परिवारलाई याद गर्नु ।


पहाडको बाटो ड्राइभरको मर्म बुझेन कसैले
ट्रकमै जाऊँ है भनेको कान्छीलाई लगेछ बसैले ।


मैले तिमीलाई माया गरे अबला सम्झेर
तिम्रो बुवाले कुट्यो मलाई तबला सम्झेर ।



रिसाएर आँखा तरे तरे जस्तो लाग्छ,
होइन फेरि एकछिनमा
माया गरे गरे जस्तो लाग्छ ।






याद गर्नुपर्ने कुरा

राम्रो व्यवहार गर्नू - नोकर गरिब र ठूला व्यक्तिलाई ।
गर्न नभुल्नू - उपकार, उद्देश्य र उदारता ।
याद राख्नू - सत्य वचन र कर्मलाई ।
सम्मान गर्नू - माता, पिता र गुरुलाई ।
सानो नसम्झनू - रोग, कर्जा र सत्रुलाई ।
टाढा रहनू - हिंसा र निद्राबाट ।



भजन गाउने ओठभन्दा
परिश्रम गर्ने हात पवित्र हुन्छन् ।



आयु
केही साथीभाइको हिसाबमा गयो,
केही अंशबन्डामा गयो ।
केही जिन्दगीको भोगाइले निकालिदियो
बाँकी तिम्रो सिन्दुरले पुछिदियो ।



आँखा लाइस् कि जुत्ता खाइस् ।



संकलनः अश्विनी कोइराला

(कान्तिपुरबाट)

Comments