यो कुनै रमाइलो मेला होइन

२०६५ भाद्र १२ गते विहीबार ।
आज हामी दाजुभइ सप्तकोशी कटान क्षेत्रको भ्रमण गर्न गइरहेको थियौं । जाँदा बाटामा विभिन्न किसिमका दृष्यहरुको अवलोकन गर्ने मौका पनि पाइयो । पर्ूव पश्चिम राजमार्गमा अनियन्त्रित चौपाया बाटो अवरुद्ध गरेर बसिरहेका देखिन्थे, जसवाट सवारी साधन चलाउन असजिलो हुन्थ्यो । यस्तै अप्ठ्यारोको बावजुद पनि हामीलाई सप्तकोशी कटान भएको ठाउँमा पुग्नु नै थियो । हामी दिनको २ बजेतिर कटान क्षेत्रको लौकही पुग्यौं र त्यहाँको अवस्थाको अवलोकन गर्दा त्यहाँको अवस्था ज्यादै दयनिय र मार्मिक देखि बाहेक केही पनि थिएन । त्यहाँ हर्ेन गएका मानिसहरुको भिड कुनै रमाइलो मेलाको भन्दा कम थिएन बरु अलिक बढि नै थियो होला । लौकही सडक खण्डमा ५० मिटर जति सडक भत्काई पानी निकास गरेको थियो । त्यहाँबाट पश्चिम ठाउँ ठाउँमा त्यस्तै निकासहरु प्रशस्त रहेछन् । बाटाको दुवै छेउमा विस्थापित मानिसहरु पाल टाँगेर आश्रय लिएको देखिन्थ्यो । त्यहाँ केराको थम्वाहरु जोडी नाउ जस्तो बनाई बाढिभित्र बाट सामानहरु ओसारी रहेको दृष्य पनि देखिन्थ्यो ।


त्यहाँदेखि हामीलाई मुख्य कटान भएको ठाउँ हर्ेन बढि उत्सुकता भयो र हामीहरु त्यहाँ -लौकही) बाट पश्चिम उत्तर मधुवन तर्फप्रस्थान गर्‍यौं । लौकहीबाट करीव ५ कि. उत्तर गएपछि मधुवनी भन्ने ठाउँ रहेछ । त्यसको ठिक पश्चिम दक्षिण जाँदा बाँध कटान गरेको ठाउँमा पुगिँदो रहेछ । हर्ेन जानको मान्छेको भिडले गर्दा मधुवनीबाट सवारी साधन लिएर जान सुरक्षाकर्मीले रोक लगाएको थियो । सवारी साधन त्यहीँ छोडेर जाँदा कटान गरेको ठाउँमा पुग्न करीव डेढ घण्टा लाग्दो रहेछ ।

बाटामा बच्चादेखि लिएर बृद्ध मानिसहरु पनि प्रशस्त नै देखिन्थे । पानी परिरहेकोे र भिड भएका कारणले बाटोमा अत्याधिक हिलोको सामना गर्नु पर्‍यो । जुन कटान गरेको बाँधमा जानका लागि त्यही बाँधमाथिबाट जानु पर्ने थियो । त्यो बाँधका छेउ छेउमा विस्थापित मानिसहरु शिविर बनाएर बसिरहेका थिए । त्यस्तै गरेर कोशी टप्पु बन्य जन्तु आरक्ष पनि डुवानमा परेको छ । त्यहाँको कार्यालय मात्र अलि अलि देखिन्छ । त्यहाँका वन्य जन्तु मध्ये ५ वटा हात्ती त्यही बाँधको छेउमा बाँधेर राखेका देखिन्थे । त्यस्तै त्यस्तै दृष्य हर्ेर्दै हामी १३६० नं. को स्पर काटेको ठाउँमा पुग्यौं । अहिले पनि त्यो स्पर काटिरहेको हँुदा त्यसमा अहिले जाली, ढुँगा तथा बोरामा माटो भरि लगाउने कार्य त्रि्र रुपमा भइरहेको छ । त्यहाँ हामीले पुगेर हर्ेन थाल्दा भारतीय टि.भि. आजतकका समाचारदाताहरु पनि समाचार खिचि रहेका थिए । त्यहाँबाट हामी मुख्य बाँध कटान गरेको ठाउँ तर्फलाग्यौं । त्यहाँ पुगेर हर्ेदा वास्तव मै विचित्र र कहाली लाग्दो अवस्था छ । यो वास्तवमा भन्नु पर्दा प्रकृतिले नेपालका राजनैतिक, सामाजिक, आर्थिक क्षेत्रलाई दिएको चुनौति हो जस्तो लाग्छ । सवै क्षेत्रबाट यो समस्याकेा समाधानतर्फलागिएन भने देको सवै क्षेत्र अन्योलमा पर्ने अवस्थामा छ ।










राजन गौतम

Comments

Post a Comment