शुभकाममा विलम्ब नगर्नु

- स्वामी आनन्द अरुण

एक समय हेटौंडा औद्योगिक क्षेत्रमा मेरो एउटा प्रोजेक्ट थियो - छाला उद्योग कारखाना । त्यहा ढलान भइरहेको थियो । बीचमा मलाई के आभास भयो भने गोख्लेबाबाले मलाई जोडले सम्झिरहेका छन् । इन्जिनियरले सामान्यतः ढलानको बेलामा साइट छोड्न मिल्दैन । तर त्यो आकर्षा यति सशक्त थियो कि मैले आफ्ना सहयोगीलाई केही समयको लागि मेरो काम हेरिदिन अनुरोध गर्दै म मोटरसाइकल लिई बाबाको आश्रमतिर लागेँ । बाटोमा बाबाको लागि मैले केही खानेकुरा र फलफूल लगेको थिएँ । आश्रम पुगेर के देख्छु भने उनी आफ्ना इष्टदेव दत्तात्रयका अगाडि बडो दुःखी र उदास बसिरहेका छन् । मैले ल्याएको भेटी उनलाई चढाएँ । उनी प्रसन्न भएर भने, 'म प्रत्येक दिन दत्तात्रय भगवान्लाई केही न कही चढाउछु । आज आश्रममा चढाउने केही पनि भएन र त्यसैले अत्यन्त दुःखी थिए । यसैकारण परमात्माले तपाईंलाई तानेर यहा ल्याइपुर्याए ।' 

एक दिन त्यस्तै उनीप्रति तीव्र आकर्षा महसुस गरेर म उनको आश्रममा पुगेँ । त्यो बेला पनि उनी गहन समस्यामा परेका रहेछन् । उनलाई झाडापखाला लागेको थियो र अत्यन्त अशक्त भएका थिए । उनी दिसापिसाबका लागि जंगल गएका बेला कुनै निर्दयीले आश्रममा भएका भाँडाकँडा र उनका लुगाफाटा पनि चोरिदिएछ । आश्रम बिल्कुलै रित्तो देखेर मलाई पनि असëय पीडा भयो । सारा संसार छोडेर वनमा एक्लै साधना गर्न गए पनि समस्याले छोड्दैन भन्ने ओशोको कथन याद आयो । सब व्यवहार छोडेर कहीँ एकान्तमा गई तपस्या गर्ने पलायनवादी प्रवृत्ति मभित्र बच्चादेखि थियो । यो घटनाले मलाई राम्रो पाठ दियो । 

उनी पत्रपत्रिका र पुस्तक नपढे पनि आन्तरिक रूपले घटनाहरू महसुस गर्थे । एकपटक म उनीकहा पुग्दा उनले मलाई भने, 'धेरै आत्माहरूले क्रन्दन गरेको मैले राति सुनेँ ।' उनले सोधे, 'संसारमा के कहीँ ठूलो दुघटना त भएन - कतै धेरै मानिसको जीवन कष्टमा त परेको छैन -' उनका यी प्रश्नले मलाई छक्क पारे । यही राति न्यु मेक्सिको सिटीमा ८.१ रेक्टरको विनाशकारी भुइँचालो गएको र हजारौं मानिस मरेका र अपरिमेय धनजनको क्षति भएको थियो । उनले अगाडि थपे, 'आपके गुरु तो बडे त्रासदीपूर्ण समय की संकेत अपने प्रवचनो में करते आ रहे है । वह प्रारम्भ हो गया । सारे संसार में बहुत हिंसा, विध्वंस और विपत्ति आनेवाली है ।' यसले मलाई ओशोका दुइटा अभिव्यक्ति स्मरण भयो । निर्विचार भइसकेको मनले संसारका घटनाको बोध गर्न सक्छ किनभने ती घटनाले सूक्ष्म जगत्मा ठूला हलचल ल्याउछन् । संसारमा कहीँ पनि विपत्ति आवोस् उनीहरूको हृदयमा त्यसप्रति स्वतः सह-अनुभूति -इम्प्याथी) जन्मछ । दोस्रो, हामीले प्रकृतिका साथ धेरै दुर्व्यवहार गरेका छौं, हाम्रो जीवनदर्शन र शैलीमा एक ठूलो परिवर्तन आएन भने विश्वले ठूलो जनधनको क्षति व्यहोर्नु पर्नेछ । मनुष्य चेतनामा यही रूपान्तरणका लागि ओशोले आफ्नो पूरा जीवन समर्पित गरे । 

अन्तिमपटक मेरो गोख्लेबाबासग भेट उनले शरीर छोडनुभन्दा केही दिनअघि मात्र भएको थियो । म पेसागत कार्यको सिलसिलामा गाडी लिई वीरगञ्ज गएको थिएँ । बाटोमा मैले उनको दर्शन गरेको थिएँ । त्यो मेरो उनीसग अन्तिम सत्संग थियो । उनको शरीर कमजोर भए पनि उनी प्रसन्न र प्रफुल्लित देखिन्थे । म रक्सौल गइरहेको छु, आश्रमलाई केही चाहिन्छ कि भनेर मैले सोधँ । उनले मलाई बडो सहजतापूवक भने, 'मुङको राम्रो दाल पाइयो भने ल्याइदिनु होला ।' रक्सौलमा मैले उनका लागि मुङको दाल किनेको थिए । मसग अरू इन्जिनियर मित्रहरू पनि थिए, सगै हिँडेको हुनाले बाटोमा ढिलो भयो र हेटौंडा आइपुग्दा रातको १० बजिसकेको थियो । म आश्रमछेउ पुगेँ । वातावरण निःशब्द मौन र चकमन्न थियो । बाबा सुतिसकेका थिए । म दाल पुर्याउन माथि जान खोज्दा मलाई साथीहरूले जंगलको बाटो मध्य राति चढ्न दिएनन् । आज हेटौंडै वास बसौं, भोलि बिहानै बाबाको दर्शन गरेर काठमाडौं जाउला भनेर मैले प्रस्ताव गरँ । साथीहरूले अगाडि नै नारायणघाटमै वास बस्ने तारतम्य मिलाएका रहेछन् । उनीहरू हेटौंडा बस्न मानेनन् । मैले पनि सही निर्णयलिन सकिनँ, लाचारपूवक नारायणघाटतिर लागेँ । धेरै समयसम्म त्यो दालको पोको मसगै रëयो र त्यसले मलाई घचघच्याइरहन्थ्यो । त्यो जोगीको कोसेली उनकै हातमा पुर्याउन पाए हुन्थ्यो भन्ने विचार मनमा उठिरहन्थ्यो । 

त्यसपछि कार्यव्यस्ताताले म केही दिनसम्म हेटौंडा जान सकिनँ । पछि तारतम्य मिलाएर म उनको कोसेली लिई हेटौंडा पुगेँ । तलसडकबाट हेदा नै बाबाको कुटी परित्यक्त र जीर्ण लाग्यो । सडकको किनारमा एक महिला सधैं गिटी कुटिरहेकी भेटिन्थिन्, उनी बाबालाई चिन्थिन् । मैले उनलाई सोधेँ, 'बाबा कतै बाहिर गएका त छैनन्, माथि नै हुनुहुन्छ -' उनले भनिन्, 'ए बाबा बितेको त १५ दिन भइसक्यो ।' म झस्किएँ । उनी भन्दै थिइन्, 'अहिले त्यहा कोही बस्दैन । गाउलेहरूले त्यहाका काठपात पनि झिकेर लान थालिसके ।' यो सुनेर हृदयमा ठूलो अघात भयो । एकछिन म स्तब्ध भए । उनको शान्त र प्रफुल्लित छवि एक टक भई मेरा आखा अघि स्थिर भयो । बाबाबाट पाएको प्रेम, आत्मीयता र यो अनपेक्षित विछोडको सम्मिलित पीडाले मेरा आखा रसाए । केही महिनाअघि उनी यही भएका बेला त्यहासम्म गएर पनि उनलाई नभेटी र उनकै लागि किनेको दालको पोको भेटी चढाउन नसकेकोमा बडो ग्लानि र पश्चात्ताप लागिरëयो ।
म त्यहीँ सडकमा दालको पोको राखी रुन थालेँ । तर जति रोए पनि अब उनको दर्शन सम्भव थिएन । जीवनमा भोलिको कुनै भरोसा नहुदो रहेछ । दान, पुण्य र साधु सत्संगको कार्यलाई कहिल्यै पनि पछि सार्नु हुदोरहेनछ । 

पछि यो सारा वृत्तान्त आफ्ना गुरुलाई सुनाए । गुरुले मलाई ढाडस दिँदै भन्नुभयो, 'उनको लागि धेरै चिन्ता नगर । उहा मृत्यपूव निर्वाण प्राप्त गरेर जानुभयो । अब उनलाई फेरि यो संसारचक्रमा आउनु पर्दैन ।' यो सुनेर मेरो उद्वेलित मन केही शान्त भयो । ११८ वर्षो उमेरसम्म वनमा एक्लै निरालम्ब, निराधार कठिन तपस्या गरेको योगीको प्रयास र्व्यर्थ गएनछ । निर्वाणको यस महायात्रामा उनीजस्तै कति अज्ञात साधक तपस्यारत होलान् - तिनको प्रयासलाई नमन । 

 

Comments