दलन - एउटा सामाजिक क्रान्ति

हरेक आइतबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको टेलिचलचित्र दलन मा दलितको मात्रै नभएर दलितको नजरबाट नेपाली समाजको चित्रण गरिएको छ। दलन ले २००७ देखि ०५१ सम्मको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनलाई दलित दृष्टिकोणबाट चित्रण गरेको छ।

दलन को कथाले जो "कसैको मन छुन्छ। २००७ को कठोर जातीय विभेदबीच पनि बाहुन जातिका हरिहरले टुल्की दमिनीसँग प्रेम विवाह गर्छ। ' अछुत ' सँग विवाह गरेको कारण गाउँलेले हरिहरको चारपाटा मुडिदिन्छन् र जात काढेर कहिल्यै नफर्कने शर्तमा गाउँ निकाला गरिदिन्छन्। टुल्कीले बाटोमै छोरो जन्माउँछे। आफ्नै जातको भन्ने थाहा पाएपछि उनीहरूलाई धम्मरे दमाईका दम्पतीले सहयोग गर्छन्। जीवन गुजाराका लागि धम्मरेकै सहयोगमा हरिहर र टुल्की जिमुवाल शेरबहादुरको घरमा बाँधा बस्छन्। बाँधाबाट मुक्ति पाउन उनीहरू र यिनका सन्तानले रुढिवादी समाजसँग गरेको सङ्घर्षको कथा हो दलन। यसका लेखक आहुति भन्छन्, “२००७ सालयताको राज्यसत्तालाई दलितले कसरी हेर्‍यो र बुझयो भन्ने यथार्थ दलन मा छ।”

आहुतिको कथालाई नवीन सुब्बाको निर्देशकीय शिल्पले जीवन्त तुल्याएको छ। प्रस्तुतिमा पनि नवीनले नवीनता पस्किएका छन्। दलन ले उमेशनाथ अर्याल निर्देशित भीडदेखि भीडसम्म र बद्री अधिकारी निर्देशित अविरल बग्दछ इन्द्रावती को तिर्सना त मेटाउँछ नै कसौटी, कुमकुम लगायतका हिन्दी टेलिचलचित्रको नक्कल गरेर नेपाली टेलिचलचित्र बनाउनेहरूमा इर्ष्या पनि जगाउँछ। तर दलन को प्रारम्भिक चरणमा विषयवस्तुको उठान र चरित्रको स्थापना राम्रोसँग हुन नसक्दा चरित्रहरूलाई बुझन नसकेर दर्शकहरू अलमलिएको पाइएको छ। बाहुनको छोरो हरिहर तथा टुल्की दमिनीबीचको सम्बन्ध स्पष्ट छैन र २००७ सालतिर यस्तो अन्तरजातीय प्रेम कसरी सम्भव भयो भन्ने प्रश्न पनि दर्शकको मनमा उठेको छ।

 
 
हरिहरको भूमिकामा भूषण पोखरेल। 
अधिकांश कलाकार रङ्गकर्मी भएकाले अभिनय र सम्वाद रङ्गमञ्चीय लाग्छन्। हरिहरको भूमिकामा भूषण पोखरेल, टुल्कीको भूमिकामा मोडल बबिता शर्मा जमेका छन्। त्यस्तै अनुप बराल" जुठेे, दिया मास्के��" काली, सुदर्शन थापा��" माने, उर्मिला विश्वकर्मा��" नैना, प्रमिला तुलाचन��" देउसरी र प्रकाश घिमिरे" धम्मरे दमाईको अभिनय प्रशंसनीय छ। निर्देशक सुब्बाका अनुसार ४४ भागको दलन मा ३०० कलाकारले अभिनय गरेका छन्।

भेषभुषा, पार्श्व सङ्गीत, शृृङ्गार र सम्पादनमा सामान्य कमजोरी भेटिन्छ। ग्रामीण जनजीवन झ्ल्काउन नयाँ दौरा��"सुरुवालमा धुलोहरू लगाइएको छ। टालेको कपडा देखाउन सेतोमा रातो र रातोमा सेतो टालो प्रयोग गरिएको छ। यस्ता पहिरनले पात्रहरूलाई नाटकीय बनाएको भान हुन्छ। कथाको विषयवस्तु र पार्श्व सङ्गीत विपरीत लाग्छन्। चाहिनेभन्दा बढी नै सिंगारिएको छ कलाकारलाई। २००७ सालकी टुल्की दमिनीको शृङ्गार हेर्दा लाग्छ, उनी आम सिनेमाहरूकै नायिका हुन्। टुल्की आत्महत्या गर्न दौडिएको र हरिहर मुग्लान जाँदाका दृश्य लामा छन्।

युरोपियन युनियनको आर्थिक सहयोगमा जागरण मिडियाले रु.६० लाखमा निर्माण गरेको दलन टेलिभिजनका धेरै दर्शकको ध्यान खिच्न सफल भइरहेको छ। परम्परागत शैलीबाट टाढा रहेर निर्माण गरिएको दलन टेलिचलचित्र निर्माणको इतिहासमा कोसेढुङ्गा बन्ने सङ्केत देखाएको छ। सशस्त्र द्वन्द्व चलिरहेको बेला चार वर्षअघि पर्वत जिल्लाका गाउँहरूमा दलन को सुटिङ्ग गर्दा निर्माण पक्षले कम्ती सास्ती खेप्नु परेन। निर्देशक सुब्बा भन्छन्, “भीर"पहरामा सुटिङ गरिरहँदा सेनाको हवाईजहाज गस्ती र मा"वादी छापामारको बेकारको केरकारले हैरान पार्‍यो।”  
(हिमालबाट)

Comments